भोलि मङ्सिर १ गतेको राशिफल : महिनाको पहिलो दिन २ राशिको जीवनमा हुनेछ पैसाको वर्षात्, ३ राशिलाई शुभ छैन् दिन

मङ्सिर १ गते शुक्रबारको राशिफल : –

दिन : शुक्रवार ♦♦ तिथि : चतुर्थी ११:३९ बजेसम्म, त्यसपछी पञ्चमी ♦♦  नक्षत्र : पूर्वाषाढा ०२:४२ बजेसम्म, त्यसपछी उत्तराषाढा ♦♦ योग : धृति ०९:४४ बजेसम्म, त्यसपछी शूल ♦♦ करण : भद्रा ११:३९ बजेसम्म, त्यसपछी वव २२:४९ बजेसम्म, त्यसपछी वालव ♦♦  मंसिर ०१, २०८०, शुक्रवार ♦♦  १७ नोभेम्बर सन् २०२३ ♦♦ चतुर्थी, कार्तिक शुक्लपक्ष ♦♦ कछलाथ्व, ११४४ ने.सं. ♦♦ सूर्योदय : –  ६:२७ ♦♦  सूर्यास्त : –  १७:०९ ♦♦  कार्यक्रमहरू : मार्ग शीर्ष संक्रान्ति, अन्तर्राष्ट्रिय विद्यार्थी दिवस ♦♦

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

खर्च नगरी कुनै पनि काम बन्ने छैन । त्यसैले पैसाको बचत हुने समय हाल देखिन्न । पढाइ, लेखाइ दुवैतिर राम्रै गति चल्नेछ । आम्दानीको मुख्य स्रोत भनेको व्यापार, व्यवसाय नै होला । परिवारबाट त्यति ठूलो सहयोग मिल्ने देखिन्न । बरु कचिङ्गल भने परी नै रहला ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

मानमर्यादामा विशेष उन्नति छैन । आर्थिक स्थिति भने राम्रै खालको रहला । हातले समातेको इलमले गतिलो लाभ गराउने छ । मित्रहरू पनि असल खालका छन् र राम्रै सहयोग दिनेछन् । पढाइ, लेखाइमा उन्नति नै हुने बखत छ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

दिन त्यति राम्रो छैन । अनेकौँ समस्या परी मन खिन्न होला । विशेष गरेर काम गरेको ठाउँमा बढी झन्झट आउन सक्छ । व्यापारसम्बन्धी काममा बढी समय जाला र दौडधूपसमेत पर्न सक्छ ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

खर्च त घट्ने छैन तर आँटेका काम भने राम्रैसित बन्नेछन् । केही धार्मिक एवं कल्याणकारी कामसमेत तपाईंबाट हुनसक्छ र खर्चको केही स्रोत त्यतातिर पनि जाला । मित्रहरूबाट राम्रै सहयोग पाइनेछ । परिवारमा समेत हाल वातावरण राम्रो रहला ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

मनमा डर लागिरहला तैपनि बिग्रने खालको समय भने छैन । कूटनीतिक प्रतिभा त्यति देखिन्न । बौद्धिक स्थिति भने गतिलै खालको रहला । पढाइमा सामान्य प्रगति छ । केही समस्या पर्न सक्छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

खर्च बढी नै रहनेछ । त्यसलाई घटाउने लक्षण देखिँदैन । आफ्ना लागिभन्दा पनि परिवारकै लागि बढी खर्च होला । ठीक समयमा ठीक वाणी मुखबाट निकाल्न सक्नु हुनेछैन । हाललाई व्यापारतिर पनि शिथिलता नै देखिन्छ । नारायणको दर्शन गर्नुहोस् ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

सुरुमा स्वास्थ्यसम्बन्धी सामान्य समस्या पर्न सक्छ तर त्यसलाई सामान्य प्रयासले नै हल गर्न सकिएला । शिक्षाको क्षेत्रमा मनग्गै प्रगति गर्नुहुनेछ र मित्रहरूसमेत गतिलो भेट्टाइएला । प्राविधिक खाले कामबाट सामान्य लाभ गर्न सक्नुहोला ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

मनमा सानातिना चिन्ता परे पनि विशेष हानि हुने समय छैन। शिवजीको नित्य दर्शन र आराधनाले त्यस्ता चिन्तालाई मेटाउन सकिनेछ । पढाइ सामान्य खालको मात्रै छ । परिवारको मद्दतले केही गतिला काम बन्न पनि सक्छन् ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

सामान्य खालको दिन छ । मनमा अलिअलि भय र शङ्का भए पनि बिग्रने खालको समय छैन। आर्थिक स्थिति राम्रो रहला । नोकरीबाट भन्दा व्यापार व्यवसायबाटै फाइदा देखिन्छ । सूर्यको नित्य दर्शन भने गरी नै रहनुहोस् र पीपलमा जलसमेत नित्य चढाउनुहोस् ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

त्यति नराम्रो दिन होइन । सुरुका दिनमा इष्टमित्रहरूसँग भेट हुनुका साथै भोजभतेरसमेत पर्ला । आर्थिक स्थिति राम्रै खालको रहनेछ । पारिवारिक वातावरणसमेत उत्साहप्रद देखिन्छ । यात्राको प्रसङ्गसमेत चल्ला तर कार्य रूपमा नै परिणत हुने सम्भावना कम मात्र छ ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

भोजभतेरहरू बढी पर्नेछन् । त्यसैमा सञ्चित धनसमेत खर्च गर्नुपर्नेछ । मित्रहरूबाट ठूलो सहयोग पाउनुहोला जस्तो छैन । श्रमको शोषण गर्ने धेरै छन् । मद्दत दिने कम मात्र देखिन्छन् । शिक्षाको क्षेत्रमा सामान्य खालको प्रगति छ । व्यापारबाट मध्यम लाभ होला ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

लाभ कम र खर्च बढी हुनाले मन आत्तिन पनि सक्छ । मद्दत गर्नेहरूको सङ्ख्या साह्रै सीमित छ । शिक्षाको क्षेत्रमा भन्दा अरू काममा बढी समय जाला । मुखले बोलेको कुरासमेत पु¥याउन धौ–धौ पर्नेछ । भगवतीको दर्शन र नारायणको आराधना नित्य गरिरहनुहोस् ।

अर्को समाचार:

मङ्सिर महिनाको राशिफल : ५ राशिलाई राम्रो छैन यो महिना, अनेक समस्याले बढी नै पिरोल्नेछ