धनतेरसमा प्रीति योगको दुर्लभ संयोग, यो समय छोडेर दिनभर किनमेल गर्न सक्नुहुन्छ

काठमाडौँ : – धनतेरसदेखि नै तिहार सुरु हुन्छ। धार्मिक मान्यता अनुसार यो दिन किनमेलका लागि निकै विशेष र शुभ मानिन्छ। पौराणिक मान्यता अनुसार यस दिन खरिद गरिएको शुभ वस्तुबाट १३ गुणा बढी शुभ फल प्राप्त हुन्छ। अर्थात् यस दिन खरिद गरिएको वस्तुको फल अक्षय रहन्छ। पञ्चाङ्गअनुसार धनतेरस कार्तिक २४ गते शुक्रबारको दिन छ। यस्तो अवस्थामा सबैको मनमा खुल्दुली हुन् सक्छ कि आखिर धनतेरसमा खरिद गर्नको लागि सबैभन्दा शुभ मुहूर्त कुन हो त ? शुक्रबार धनतेरसको दिन किनमेलका लागि कुन समय शुभ रहनेछ थाहा पाउनुहोस्।

ज्योतिषीय गणना अनुसार धनतेरसको दिन शुक्रबार र प्रीति योगको विशेष संयोग बनेको छ। धनतेरसको दिन शुक्रबार साँझ ५ बजेर २१ मिनेट देखि शनिबार साँझ ५ बजेर १४ मिनेटसम्म प्रीति योग रहनेछ। प्रीति योगमा शुभ कार्य गर्नु शुभ मानिन्छ।  यस बाहेक धनतेरसमा खरिदको लागि १२ बजेर १२ मिनेटपछिको समय शुभ छ।

पौराणिक मान्यता अनुसार धनतेरसको दिन किनमेल गर्नु शुभ मानिन्छ । यस दिन सर्वसाधारणले सुन-चाँदी, गरगहना, लुगा र केही विशेष वस्तु किन्ने गर्छन् । धनतेरसको शुभ समयमा किनबेच गर्दा नाफा १३ गुणाले बढ्ने विश्वास गरिन्छ ।

अर्को समाचार:

भोलि मङ्सिर ६ गतेको राशिफल : ८ राशिले पाउनेछन् धनको मामिलामा सफलता, माता लक्ष्मीको रहनेछ विशेष कृपा