व्यापारको दाता बुध भयो मार्गी, यी राशिले पाउनेछन् अपार धन र पद – प्रतिष्ठा

काठमाडौँ : – ज्योतिष शास्त्र अनुसार ग्रह एक निश्चित अन्तरालमा वक्री र मार्गी भई आफ्नो चाल परिवर्तन गरिरहन्छन्। जसले मानव जीवन र देश – दुनियाँमा प्रभाव पार्छ। बुद्धि र व्यापारको दाता बुध ग्रह केही दिन अगाडी वक्री भएको थियो र मार्गी पनि भईसकेको छ। बुध ग्रह सिंह राशिमा वक्री भएको छ। सिंहलाई सूर्य देवताले शासन गर्छ र बुध ग्रहको सूर्य भगवानसँग मित्रताको भावना छ।

साथै यस समय सूर्य देव सिंह राशिमा हुँदाबुधादित्य राजयोग पनि बनेको छ। यस्तो अवस्थामा ३ राशिका व्यक्तिहरूले यस समयमा करियर र व्यापारमा राम्रो सफलता प्राप्त गर्न सक्छन्। अप्रत्याशित आर्थिक लाभ हुन सक्छ। जानौँ, ती राशिहरु कुन – कुन हुन् ?

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

बुध ग्रह मार्गी हुनु लाभदायक साबित हुन सक्छ। बुध ग्रह तपाईको राशिबाट तृतीय र चतुर्थ स्थानको स्वामी हो। त्यसैले यस समय तपाईमा सकारात्मक ऊर्जाको बास हुनेछ। तपाईको सोच दूरदर्शी हुनेछ। सन्तान सुख प्राप्त हुनेछ। सन्तानसँगको मनमुटाव कम हुनेछ।

साथै तपाईको कार्यशैलीमा सुधार आउनेछ। यस समय तपाईलाई आकस्मिक धनलाभ हुनेछ। शेयर बजार, सट्टेबाजी र चिठ्ठाबाट लाभ प्राप्त हुनेछ। बृहस्पति र बुधको पञ्चम योग पनि बन्नेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

बुध ग्रह सिधा चाल चल्नु वृष राशिका जातकको लागि शुभ फलदायी सिद्ध हुन् सक्छ। किनकी बुध ग्रह तपाईको केन्द्र भावमा गोचर गरिरहेको छ। बुध ग्रह धनको स्वामी भई तपाईको चतुर्थ भावमा गोचर गर्नेछ। त्यसैले समय तपाईलाई वाहन र सम्पत्ति प्राप्त हुन् सक्छ।

साथै यस समय तपाईको कार्यशैलीमा निखार आउनेछ। पैतृक सम्पत्तिबाट पनि लाभ मिल्नेछ। साथै, यस अवधिमा तपाईले काम र व्यापारमा राम्रो सफलता प्राप्त गर्नुहुनेछ। यस समयमा तपाईले तनावबाट मुक्ति पाउनुहुनेछ। कामहरु पनि पुरा हुनेछन् । मनोकामना पूरा हुनेछन्।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

बुध मार्गी हुनु मिथुन राशिका लागि लाभदायक साबित हुन सक्छ। बुध ग्रह तपाईको राशिको स्वामी हो। साथै यो तपाईको गोचर कुण्डलीको चतुर्थ भावको स्वामी पनि हो। शनिदेवको सप्तम दृष्टि छ। त्यसैले यस समय तपाईलाई भौतिक सुख प्राप्त हुनेछ।

साथै यस समय तपाईलाई मान – सम्मान र प्रतिष्ठा प्राप्त गर्नुहुनेछ। साथै यस अवधिमा तपाईले आफ्नो पिता, गुरु र शिक्षकहरुको भरपूर सहयोग प्राप्त हुनेछ। साथै, यस समयमा तपाईंको बोलीमा सुधार हुनेछ, जसका कारण मानिसहरू तपाईंबाट प्रभावित हुनेछन्।

अर्को समाचार:

असोज महिनामा यी ७ राशिको चम्कनेछ भाग्य, हुनेछ भाग्योदय