२४ घण्टापछि बुध र शनिले बनाउँदैछ ‘धन राजयोग’ : यी ३ राशिलाई सुरु हुनेछ सुखद् दिन, मिल्नेछ अपार धनदौलत

काठमाडौँ : – ज्योतिष शास्त्र अनुसार ग्रहहरुले समय- समयमा राशि परिवर्तन गरी शुभ र अशुभ योग बनाउँछन्, जसको प्रभाव मानव जीवन र पृथ्वीमा देखिन्छ। असोज १ गते सोमबार व्यापारको दाता बुध र कर्मफलदाता शनिदेव दुवै सातौँ दृष्टिबाट भ्रमण गर्नेछन्, जसको प्रभाव सबै राशिका जातकहरुमा पर्नेछ।

तर ३ राशिहरु यस्ता छन्, जसलाई यस समयावधिमा आकस्मिक धन – लाभ र भाग्योदयको योग बनेको छ। जानौँ, ती भाग्यशाली राशिहरुका बारेमा…

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

धन राजयोग वृष राशिका मानिसहरुका लागि लाभकारी साबित हुन् सक्छ किनकी चतुर्थ स्थानमा बुध ग्रह र कर्म भावमा शनिदेव अवस्थित छन्। मतलब धनेश र पञ्चमेष बुध कर्म स्थानमा स्थित छ। त्यसैले यस समय तपाईलाई नयाँ जागिरको प्रस्ताव प्राप्त हुन् सक्छ। रोजगारी गरिरहेका मानिसहरुले बढुवा पाउन सक्छन्।

माताको स्वास्थ्य अवस्थामा सुधार आउनेछ। परिवारमा सुख – शान्तिको माहोल रहनेछ। व्यापारी तथा व्यवसायीहरुलाई मनग्यै आर्थिक लाभ हुनेछ। आम्दानी पनि बढ्नेछ ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

धन राजयोग बन्नु तुला राशिका लागि अनुकूल सिद्ध हुन् सक्छ किनकी तपाईको राशिबाट लाभ स्थानमा बुध ग्रह विराजमान छ। साथै शनिदेव केन्द्र त्रिकोण राजयोग बनाएर पञ्चम भावमा स्थित छ। त्यसैले यस समयमा तपाईको भाग्योदय हुन् सक्छ।

साथै तपाईको धन वृद्धिको योग पनि बनेको छ। यस अवधिमा लगानी गर्नु पनि तपाईका लागि धेरै अनुकूल रहनेछ। लेखा, प्राविधिक, सिए, बैंकिङ, मिडिया, चलचित्र क्षेत्रमा आबद्द मानिसहरुका लागि यो समय प्रगतिमूलक रहनेछ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

धन राजयोग तपाईको लागि करियर र व्यवसायको हिसाबले शुभ साबित हुन सक्छ किनकी पञ्चम भावमा बुध र शनि लाभ भावमा विराजमान छ। साथै यिनीहरुको एक-अर्कामा दृष्टि पनि परेको छ। त्यसैले यस समय तपाईको काम – कारोबारमा प्रगति मिल्नेछ।

सन्तान सम्बन्धि शुभ समाचार प्राप्त हुनेछ। दाजुभाई, दिदीबहिनी तथा आफन्तजनको सहयोग मिल्नेछ। यस अवधिमा गरिएको लगानीले तपाईको सम्पत्तिमा वृद्धि हुनेछ। प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने विद्यार्थीका लागि यो समय अनुकूल छ। यस समयमा तपाईको योजनाबद्ध योजनाहरू सफल हुन सक्छ।

अर्को समाचार:

व्यापारको दाता बुध भयो मार्गी, यी राशिले पाउनेछन् अपार धन र पद – प्रतिष्ठा