शनिदेवको कृपाले ६ महिनामा धनदौलतले सुसम्पन्न हुनेछन् यी ३ राशि

काठमाडौँ : शनि ग्रहले प्रत्येक अढाई वर्षमा गोचर गर्छ। यो सबैभन्दा सुस्त गतिमा गोचर गर्ने ग्रह हो। तसर्थ सबै १२ वटै राशिहरुमा गोचर गर्न शनिलाई करिब ३० वर्ष समय लाग्छ। यस समयावधिमा कुन-कुन राशिले मनग्यै लाभ प्राप्त गर्नेछन् त ?

६ महिनासम्म शनिदेवले वर्षाउनेछ कृपा 

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

शनिको वक्री गोचरको कारण वृष राशिका व्यक्तिहरुले करियरमा उल्लेखनीय प्रगति गर्नेछन्। उनीहरूले ठूलो एवं सम्माननीय  पद पाउन सक्छन्। नयाँ व्यापार-व्‍यवसाय सुरु गर्न चाहनेहरूका लागि पनि यो समय राम्रो छ। शनिले रोकिएका काम सम्पन्न गर्नेछ। धन लाभ हुनेछ। आम्दानीमा अत्याधिक वृद्धि हुनेछ, जसले आर्थिक अवस्था मजबुत बनाउनेछ। धन सम्बन्धी सम्पूर्ण समस्याहरु दूर हुनेछन्।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

शनिको गोचरले धनु राशिका व्यक्तिहरुलाई अत्यधिक धन लाभ गराउनेछ। आर्थिक अवस्थामा सुधार आउनेछ। धेरै ठाउँहरुबाट धन आगमन हुनेछ। लगानीबाट लाभ मिल्नेछ। कतिपयले सोचेभन्दा बढी प्रतिफल पाउन सक्छन्। रोकिएको पैसा फिर्ता हुन सक्छ। व्यवसायीले मनग्यै मुनाफा कमाउनेछन्। उनीहरुले व्यवसाय बढाउन लगानी गर्न सक्छन्।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मीन राशिका जातकले वक्री शनिको गोचरको कारण प्रशस्तै आर्थिक लाभ हासिल गर्नेछन्। व्यापार-व्यवसायबाट लाभ पाउनेछन्। आय बढ्नेछ। नयाँ श्रोतबाट आम्दानी हुनेछ। समग्रमा उनीहरुको आर्थिक स्थितिमा ठूलो सुधार आउनेछ। व्यापारीहरूले ठूलो सम्झौता गर्न सक्छन्। यो समयमा पदोन्‍नति, पैसा, प्रतिष्‍ठा सबैथोक हासिल गर्नुहुनेछ।  विवाद साम्य हुनेछ।

अर्को समाचार:

पर्सी बुध सिंह राशिमा मार्गी हुँदै, ५ राशिका जातकले अपनाउनुपर्नेछ थोरै सावधानी