४ राशिलाई दुर्लभ राजयोगको प्रभाव, बदलिनेछ भाग्य: हुनेछ शुभै-शुभ !

वैदिक ज्योतिष शास्त्रको अनुसार ग्रहहरूले निश्चित अन्तरालमा अस्त-उदय हुनुको साथै राशि परिवर्तन गर्ने गर्दछ। ग्रहहरूको स्थितिमा आउने परिवर्तनको प्रभाव मानव जीवन र पृथ्वीमा देखिन्छ। बुध ग्रह हाल नीच अवस्थामा परिक्रमा गरिरहेको छ। जसका कारण दुर्लभ नीचभाङ राजयोगको सिर्जना भएको हो। यस योगको प्रभाव सबै राशिका मानिसहरूमा देखिनेछ। तर यस समयमा ४ राशिफल र सौभाग्य प्राप्त हुने योग रहेको छ।  जान्नुहोस् यी भाग्यशाली राशिका बारेमा।

मिथुन राशि

नीचभाङ राजयोग मिथुन राशिको लागि लाभदायक साबित हुन सक्छ। यदि तपाईं व्यापारी, घर जग्गा, कमिसन, सेयर ब्रोकर, स्टक मार्केटको जागिर हुनुहुन्छ भने धेरै पैसा कमाउन सक्नुहुन्छ। नयाँ अर्डर प्राप्त हुन सक्छ। यस समस्या केही कडा परिश्रम गर्न आवश्यक छ। बुध र बृहस्पति दसौँ घरमा अवस्थित छन् भने बृहस्पति कर्मको कारक हो। त्यसैले यो समयमा रोजगारीमा बढुवाको सम्भावना छ।

कन्या राशि

कन्या राशिका लागि नीचभाङ राजयोग शुभ साबित हुन सक्छ। किनभने यस राशिमा बुध ग्रह बलवान अवस्थामा देखिन्छ। यसै क्रममा नीचभाङ राजयोग पनि बनिरहेको छ। यस समयमा कार्य–व्यवसायमा प्रगति हुने सम्भावना छ। जीवनसाथीको सहयोग प्राप्त हुनेछ। यसका साथै जीवनसाथीको प्रगति हुन सक्छ। यस सामयमा आर्थिक लेनदेनबाट लाभ प्राप्त गर्न सक्नुहुन्छ। आकस्मिक आर्थिक लाभ पनि हुनसक्छ। अर्कोतर्फ शनि यस राशिको ११ औँ घरमा विराजमान छ र शनिले शुभ फल दिनेछ। त्यस्तै जो मिडिया, फिल्म लाइनसँग जोडिएका छन्, उनीहरुका लागि यो समय शुभ हुनसक्छ।

धनु राशि

नीचभाङ राजयोग धनु राशिको लागि अनुकूल साबित हुन सक्छ। यस समयमा करियर र दाम्पत्य जीवनको घरको स्वामी बुध हो। त्यसैले यस समयमा धनु राशि व्यक्तिलाई धनको योग बनिरहेका छ। यसका साथ-साथै शनिदेव तेस्रो घरमा यात्रा गर्दै छन्, त्यसैले तपाईको साहस र बहादुरी बढ्नेछ। साथै, यस समयमा अचल सम्पत्ति किन्न सक्नुहुन्छ।

मीन राशि

मीन राशिका व्यक्तिहरूका लागि नीचभाङ राजयोग सुखद र लाभदायी साबित हुन सक्छ। यस समयमा तपाईले सम्मान पाउन सक्नुहुन्छ। यसका साथै राजनीतिमा लागेकाले केही पद पाउन सक्छन्। सुख र साधन पाउन सकिन्छ। साथै रोजगारी भएका व्यक्तिहरूलाई मनपर्ने ठाउँमा सरुवा हुन सक्छन्। अर्कोतर्फ जीवनसाथीको सहयोगमा धन आर्जन हुन सक्छ।

अर्को समाचार:

ग्रह चक्रमा ३०० वर्षपछि बन्दैछ अद्भुत संयोग, यी ४ राशिलाई हुनेछ नसोचेको लाभ: कुन-कुन राशि ?