यस दिन लाग्दैछ वर्षको पहिलो चन्द्र ग्रहण, ५ राशिलाई पर्नेछ संकट, गर्नुहोस् यस्ता उपाय !

वैदिक ज्योतिष शास्त्रहरूमा चन्द्रमालाई मनको कारक ग्रह मानिन्छ। भनिन्छ चन्द्रमाको अनुकूलताका कारण मानिसको स्वभाव शान्त र रचनात्मक हुन्छ। कुनै कारणले प्रतिकूल भयो भने मानिसको जीवनमा अशान्ति आउन समय लाग्दैन। चन्द्रमा हाम्रो लागि अनुकूल हुने वा प्रतिकूल यो पनि चन्द्र ग्रहणको अवस्थाले निर्भर गर्दछ। यस वर्षको पहिलो वर्षको पहिलो चन्द्र ग्रहण  मे ५ तारिख दिउँसो १ बजेर ३४ मिनेटमा लाग्ने छ र यसको प्रत्यक्ष प्रभाव ५ राशिमा पर्ने भएको छ। जान्नुहोस् कुन-कुन राशि ?

कर्कट राशि

यस राशिका व्यक्तिहरूले स्वास्थ्य सम्बन्धी केही समस्याहरू सामना गर्न पर्ने हुन सक्छ। मानसिक तनाव पनि रहनेछ। परिवारमा मनमुटाब हुन सक्छ। भगवान शिवको आराधना गरी सृजनात्मक कार्यमा व्यस्त रहनु राम्रो हुनेछ।

वृष राशि 

दाजुभाइसँग मतभेद हुन सक्छ। पैतृक सम्पत्तिको विषयमा मनमुटाब बढ्न सक्छ। नचाहे पनि बाहिरी चिन्ताले घेर्नेछ। यस अवधिमा शान्ति प्राप्त गर्न आफ्नो परिवारसँग बढी समय बिताउनुहोस्। मानसिक शान्तिका लागि मन्दिरमा पनि जान सक्नु हुन्छ।

कन्या राशि 

आफ्नो लक्ष्य पुरा गर्न पूरा समय खर्च गर्नुहुनेछ, जसका कारण तपाईंको स्वास्थ्यमा असर पर्नेछ। जसका कारण स्वास्थ्य सम्बन्धी समस्याको सामना गर्नु पर्नेछ। व्यस्तताका कारण आफन्तसँगको दुरी बढ्न सक्छ।

मेष राशि 

हतारमा निर्णय गर्दा आर्थिक हानि बेहोर्नु पर्नेछ। उधारो पैसा डुब्न सक्छ। कानुनी विवादमा फस्ने सम्भावना पनि छ। जीवनमा बुद्धिमानीपूर्वक निर्णयहरू लिनुहोस्। मानसिक शान्तिका लागि विभिन्न उपाय अपनाउनुहोस्।

सिंह राशि

यस राशिका व्यक्तिका लागि चन्द्र ग्रहण अशुभ समय ल्याउनेछ। यस समयमा कुनै पनि परियोजनामा ​​संलग्न हुनुहुँदैन। अन्यथा घाटा हुन सक्छ। परिवारमा केही अप्रिय घटना हुने सम्भावना छ।

अर्को समाचार:

ग्रहका राजा सूर्य देव ‘युवा अवस्था’ मा प्रवेश, ४ राशिलाई अपार धनलाभको योग!