१२ वर्षपछि ग्रहको गुरु मेष राशिमा उदय हुँदै, आगामी १ महिना रहनुहोस् सावधान !

ज्योतिषशास्त्रमा ग्रहहरूको गोचरको ठूलो महत्त्व रहेको छ। ग्रहको गोचरको अर्थ एक राशिबाट अर्को राशिमा ग्रहहरूको प्रवेश हुनु हो। यो विश्वास गरिन्छ कि यी ग्रहको गोचर हाम्रो जीवनलाई विभिन्न तरिकामा असर गर्छ। यस वर्ष ३१ मार्चमा बृहस्पति मीन राशिमा अस्त हुनेछ र अप्रिल २२ मा मेष राशिमा प्रवेश गर्नेछ। मीन राशिमा अस्त गरेपछि, बृहस्पति अर्को एक महिनाको लागि अस्त रहनेछ र ३० अप्रिलमा उदय हुनुको साथै मेषमा सर्नेछ।

बृहस्पति ग्रहको अस्त हुनुले ज्योतिषीय दृष्टिकोणले शुभ मानिएको छैन। बृहस्पति ग्रहको अस्तसँगै सबै प्रकारका शुभ कार्यको अन्त्य हुन्छ र धेरै राशिमा यसको विशेष प्रभाव पनि पर्छ। बृहस्पति ग्रहको अस्तको कारण यी राशिका व्यक्तिहरूको पारिवारिक जीवन, स्वास्थ्य र आर्थिक स्थितिमा धेरै उतारचढावहरू देख्न सकिन्छ। जान्नुहोस् कुन राशिका व्यक्तिहरूले यस समयमा कठिनाइको सामना गर्नुपर्नेछ।

मिथुन राशि

मीन राशिमा बृहस्पति अस्त हुने भएकाले मिथुन राशिका व्यवसायी वर्गका लागि समय कठिन हुन सक्छ। वास्तवमा यो राशिका व्यक्तिहरूले व्यापार वा साझेदारीमा काम गर्नेहरूलाई समस्याको सामना गर्नु पर्न सक्छ। यसका साथ-साथै आफ्नो वैवाहिक जीवनमा पनि सन्तुलन कायम राख्नुपर्छ। यस अवधिमा यस राशिका व्यक्तिहरूले कुनै पनि प्रकारको विवादबाट टाढा रहनुपर्छ।

कन्या राशि 

कन्या राशिका व्यक्तिहरूले दाम्पत्य सम्बन्धमा धेरै उतारचढावको सामना गर्नुपर्ने हुन सक्छ। यो समयमा कुनै पनि प्रकारको बहसमाबाट टाढा रहनु पर्ने हुन्छ। साथै जीवनसाथीसँग कुनै कुरामा विवाद हुन सक्छ। यस समयमा तपाईको जीवनमा धेरै प्रकारका समस्याहरू आउन सक्छन्।

कुम्भ राशि

मीन राशिमा बृहस्पति अस्त हुनाले कुम्भ राशिका व्यक्तिहरूले आफ्नो बोलीमा ध्यान दिनु आवश्यक छ। बोली अलि कठोर हुन सक्छ। जसका कारण नजिकका आफन्तसँगको सम्बन्ध बिग्रन सक्छ। यस्तो अवस्थामा आफ्नो शब्दहरू धेरै विचारपूर्वक प्रयोग गर्न सल्लाह दिइन्छ। यो समयमा कुनै पनि लगानी नगर्नुहोस्। यस समयमा लगानी गर्नु हानिकारक हुन सक्छ।

मीन राशि 

बृहस्पति ग्रह आफ्नै मीन राशिमा अस्त हुँदैछ। यस्तो अवस्थामा मीन राशिका व्यक्तिहरूलाई स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ। यसका साथै  आफ्नो कार्यक्षेत्रमा पनि धेरै समस्याको सामना गर्नुपर्ने हुनसक्छ। कामको बोझ पनि बढी रहनेछ। जसका कारण आफ्नो परिवारलाई कम समय दिन सक्नुहुन्छ। यस समयमा आर्थिक अवस्था पनि प्रभावित हुन सक्छ, त्यसैले बुद्धिमानीपूर्वक पैसा खर्च गर्न र कुनै पनि प्रकारको लगानी नगर्न सल्लाह दिइन्छ।

अर्को समाचार:

साताको शुभ राशि: यस साता ४ राशिलाई हुनेछ शुभ फलदायी, कुन-कुन राशि ?