साप्ताहिक राशिफल: शुभ-अशुभ कस्तो रहोला यस साता, हेर्नुहोस् साप्ताहिक राशिफल !

काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?

साताको राशिफल : – (चैत ११ देखि १७ गतेसम्म)

ज्योतिषाचार्य दामोदरनाथ लोहनी

साताका चाड : – १५ गते अष्टमी व्रत, चैत्राष्टमी, (चैते दशैँ) । १६ गते रामनवमी व्रत ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

खास ठोस काम नभए पनि दिक्दारी दिने खालको साता भने छैन । केही काम बन्ने पनि छन् । साहस कति पनि घटेको छैन । व्यापार, व्यवसायबाट ठूलो लाभ हुने देखिन्न । पढाइतिर लगानी भएअनुसारको प्रगति हुने छैन । बुधबारसम्मका दिन सामान्य खालका छन्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

शनिबार प्रशस्त खर्च होला । त्यसपछिको पूरा सप्ताह राम्रा खालका छन् । खर्च भए पनि गतिलै काममा मात्र होला । व्यापार एवं व्यवसायबाट राम्रो लाभ गर्न सक्नुहुनेछ । गणेशको आराधना गरेमा बेकारमा हुने खर्चमा समेत नियन्त्रण हुन जाला।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

नराम्रो खालको साता छैन । काम गर्ने उत्साह बढी नै रहला । आइतबार र सोमबार खर्च बढ्नेछ । विशेष गरेर भोजभतेर र चाडपर्वका लागि खर्च हुने देखिन्छ । व्यावसायिक लाभ भई नै रहला । परिवारबाट पाउनुपर्ने सहयोगमा कति पनि कमी देखिन्न।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

यो साता धेरै काम बन्नेछन् । खर्च भए पनि काममा सफलता मिल्नाले मन प्रसन्न नै होला । शैक्षिक खाले काममा विशेष प्रगति देखिन्छ । व्यापार, व्यवसायबाट पनि निराश हुनुपर्ने छैन । नोकरीतिर भने विशेष उपलब्धि देखिँदैन । गोडामा पीडा हुन सक्छ, पीपलमा जल हालिरहनुहोस्।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

समस्या आए पनि डराउनुपर्ने देखिन्न । आय एवं व्यय बराबरैजस्तो होला । बिहीबार र शुक्रबार बढी खर्च हुनेछ । बाँकी दिन राम्रा खालका छन् । मङ्गलबार गतिलै लाभ लिन सकिनेछ । मित्रबाट पाइने सहयोगमा कमी देखिन्न ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

शनिबार निकै समस्या पर्लान् । त्यसैले बिहानै शनिश्चरको आराधना गर्नुहोस् । आइतबारदेखि भने पूरा सप्ताह राम्रो खालको छ । केही धार्मिक कामसमेत हुन सक्छन् । त्यस्तै यात्रा हुने समय पनि छ । जागिरमा निराशा छैन र यथास्थिति नै रहला ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

रिस गर्नेहरूको कमी नभए पनि विजय तपाईंकै हुनेछ । मुद्दामामिलामा पराजय देख्नुपर्ने समय छैन । परिवार एवं आफ्नो स्वास्थ्यबारे भने सतर्क हुनुहोस् । सानोतिनो रोगले सताउन सक्छ । हाललाई भगवतीको आराधना गर्नु आवश्यक छ ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

यो सातामा केही बखेडा आउन सक्छन् । निरर्थक खालको वादविवाद पनि पर्न सक्छ । खर्च घटाउन सकिने छैन । गणेशको आराधना नगरीकन कुनै पनि काममा ठोस सफलता पाउनुहुने देखिँदैन । पारिवारिक समस्याले पनि पिरोलिरहला । सप्ताहान्त मात्र राम्रो खालको समय देखिन्छ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

मानप्रतिष्ठा बढ्ने समय छैन। मित्रको सहयोगले धेरै काम गर्ला। पढाइमा केही गति आउन थालेको छ। फुर्सदको समयलाई अध्ययनमा लगाएमा ज्ञानको अभिवृद्धि हुने देखिन्छ। व्यावसायिक काममा पनि हाल हानि हुने छैन। जागिरको क्षेत्रमा भने राम्रै समाचार सुनिने समय छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

स्वास्थ्य त्यति राम्रो रहने छैन । शनिबार मौसमी रोगले सताउला । त्यसैले यो सातामा गर्नुपर्ने धेरै काममा ढिलाइ हुनेछन् । पढ्न र लेख्न मन लागिरहला तर कार्य रूपमा परिणत गर्न भने अझैँ पर्खनुपर्नेछ । जागिरमा आएको समस्या हटाउन शनिको आराधना गरिरहनुहोस् ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

खर्च अति नै बढ्ला । खर्च बढी र काममा सफलता थोरै हुनाले मनमा त्यति प्रसन्नता हुने छैन । व्यापार, व्यवसायको कामले राम्रै प्रतिफल देला । जागिरको मात्रै भर नपर्नुहोस् । बेकारमा रिस गर्नेहरू पनि बढी भएकाले बगलामुखीको आराधना गर्नुमा कल्याण हुनेछ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

यो सातालाई नराम्रो भन्न सकिँदैन । सोचेको जति आय नभए पनि पूरा निराश हुनुपर्ने छैन । स्वास्थ्यतिर सानातिना समस्या आइरहनेछन् । पढाइको क्षेत्रमा मध्यम गति छ । विदेश यात्राको सम्भावनासमेत देखिन्छ । प्रेमको क्षेत्रमा पनि निराश हुनुपर्ने छैन ।

अर्को समाचार:

आज चैत १३ गते सोमबार कस्तो रहला आजको दिन, हेर्नुहोस् !