चैत्र नवरात्रिमा गर्नुहोस् यस्ता कार्य, घरमा आउनेछ सुख-शान्ति: हट्नेछ स्वास्थ्य समस्या!

चैत्र नवरात्रि भएको छ। अब नौ दिनसम्म देवी दुर्गालाई प्रसन्न पार्नका लागि भक्तजनहरू व्रत बस्ने गरेका छन्। नवरात्रिको नौ दिनमा माता दुर्गाको  भक्तजनहरूले विधिवत् रूपको पूजा आराधना गर्छन्। तर नवरात्रिको यी नौ दिन पूजाका साथै वास्तु दोष हटाउनका लागि पनि महत्त्वपूर्ण मानिन्छन्। घरमा कुनै प्रकारको वास्तु दोष छ भने यो समयमा त्यसलाई हटाउन सकिने मान्यता रहेको छ। जान्नुहोस् यी उपायहरू के के हुन्?
नवरात्रिको नौ दिनमा माता दुर्गाको विधिवत् पूजा गर्नुहोस्। यस समयमा घरको मुख्य ढोकामा माता दुर्गाको अविरले पाउ बनाउनुहोस्। यसरी बनाउनुहोस् कि माताको खुट्टा भित्र आउँदै गरेको हुनु पर्छ। विशेष गरी अष्टमी र नवमीमा यो गर्नुहोस्। यसो गर्नाले घरमा माताको वास हुने र घरमा समृद्धि रहने जनविश्वास रहेको छ।
नवमी वा अष्टमीको दिन कन्या केटीहरूको पूजा गर्नुहोस् र उनीहरूलाई भोजन दिनुहोस्। यससँगै उनीहरूलाई दक्षिणा दिनुहोस्। यसो गर्नाले घरको वास्तु दोष हट्ने जनविश्वास छ।
देवी माताको पूजाको लागि घिउको दियो बाल्दै हुनुहुन्छ भने माता दुर्गाको दाहिने हातमा राख्नुहोस् र तिलको तेलको दियो बाल्नु भएको छ भने देब्रे हातमा राख्नुहोस्। यसो गर्नाले घरमा सुख शान्ति कायम रहन्छ भन्ने विश्वास गरिन्छ।
यदि नवरात्रिमा अखण्ड ज्योति बाल्ने तयारीमा हुनुहुन्छ भने दक्षिण-पूर्व दिशामा राख्नुहोस्, यसो गर्नाले आर्थिक समस्याका साथ-साथै रोगबाट पनि मुक्ति मिल्ने जनविश्वास छ।
अर्को समाचार:

अक्षय तृतीयामा यी मध्ये कुनै एक चिज ल्याउनुहोस् घरमा, माता लक्ष्मीको हुनेछ कृपा दृष्टि!