चैत्र नवरात्रिको ९ दिनसम्म गर्नुहोस् यस्ता कार्य, हुनेछ चौतर्फी लाभ !

चैत्र नवरात्रि आज, चैत ८ गतेबाट सुरु भएको छ। यस अवधिमा माताको आगमनलाई धुमधामका साथ स्वागत गरिनेछ। माता दुर्गा यस पटक डुङ्गाबाट पृथ्वीमा आउनुहुनेछ। यी ९ दिनमा विभिन्न देवी देवताको पूजा गरिन्छ। माताको आराधनाको यो पर्वमा भक्तहरूले माता दुर्गालाई प्रसन्न पार्न र मनोकांक्षा पूरा गर्न विभिन्न उपाय अपनाउँछन्। चैत्र नवरात्रिमा माता दुर्गाको मनपर्ने चीजहरूसँग सम्बन्धित उपाय गरेमा माताले मनचाह फल प्रदान गर्छन्। नवरात्रिमा पानको पातको केही विशेष उपाय गर्नाले तपाईंको सबै मनोकामना पूरा हुनेछन्। जान्नुहोस् यी उपायको बारेमा…

नवरात्रिको प्रतिपदा तिथीदेखि पञ्चमी तिथीसम्म हरेक दिन पानको पातमा चन्दनले माँ दुर्गाको बीज मन्त्र लेखेर माता दुर्गाको चरणमा अर्पण गर्नुहोस्। नवमीको दिन यी सबै पानको पात सङ्कलन गरी रातो कपडामा बाँधेर आफ्नो तिजोरीमा राख्नाले आर्थिक संकट हट्छ। नवरात्रिमा माता दुर्गाको पूजामा पानको पातमा नियमित रूपमा गुलाबको फूल अर्पण गर्नाले घरमा धनको आगमन बढ्छ र धनसम्बन्धि समस्या पनि हट्छ।

नवरात्रि पूजामा अलैंची र ल्वाङ राखेर माता दुर्गाको चरणमा राख्दा सबै प्रकारका ऋणबाट मुक्ति मिल्छ। जागिर र व्यापारमा सफलता चाहनुहुन्छ भने नवरात्रिमा नौ दिनसम्म पानको पातको दुवै छेउमा तोरीको तेल लगाई माता दुर्गालाई अर्पण गर्नुहोस् र राती यो पात टाउकोमा राखेर सुत्नुहोस्। वैवाहिक जीवनसँग सम्बन्धित समस्याबाट छुटकारा पाउन नवरात्रिमा परेका मंगलबार र शनिबार पानको पातको छेउमा सिन्दुरले जय श्रीराम लेखेर मन्दिरमा गएर हनुमानजीको हातमा राख्दिनुहोस्।

अर्को समाचार:

गुरु-शुक्रको मिलनमा २० वर्षपछि अद्भुत संयोग बन्दै, ४ राशिको सूर्य समान चम्किनेछ भाग्य!