हुनेछैन धनको कमी, आज नवरात्रीको पहिलो दिन गर्नुहोस् यस्तो काम !

चैत्र नवरात्रि आज चैत ८ गते बुधबारबाट सुरु भएको छ। ज्योतिषशास्त्रका अनुसार नवरात्रीको पहिलो दिन निकै विशेष हुन्छ। यस दिन गरिने यी उपायले व्यक्तिमा माता दुर्गाको आशीर्वाद प्राप्त हुने मान्यता छ। नवरात्रिमा विभिन्न शुभ फल प्राप्त गर्न, परिवारको सुख, समृद्धि र व्यापार व्यवसायलाई सङ्कटबाट जोगाउन माता दुर्गाको विभिन्न रूपको पूजा गरिन्छ।

भनिन्छ माताको कृपाले मानिसको जीवनमा सफलता, भय, रोग आदिबाट मुक्ति मिल्छ। जान्नुहोस् आजको दिन कुन-कुन उपाय अपनाएर जीवनमा उन्नतिको बाटो मिल्छ। नवरात्रीको पहिलो दिन अपनाउनुहोस् यी ज्योतिषीय….

ज्योतिष शास्त्रका अनुसार आफ्नो आर्थिक अवस्था सुधार गर्न माता दुर्गासँगै लक्ष्मीको पनि पूजा गरिन्छ। यस दिन स्वास्थ्य सम्बन्धी समस्याबाट छुटकारा पाउन देवी दुर्गाको साथमा हनुमानको पूजा गर्नुहोस्।

कसैसँगको सम्बन्धमा मधुरता कायम राख्न नवरात्रिमा माता दुर्गासँगै श्रीकृष्णको पूजा गरिन्छ। व्यवसायमा सफलता पाउन नवरात्रिको नौ दिनमा दुर्गासँगै गणेशको पूजा गर्नाले लाभ हुन्छ।

दाम्पत्य जीवनमा आउने समस्याहरू हटाउन र जीवनमा खुसी ल्याउन माता भगवतीको साथमा भगवान श्रीरामको पूजा गर्नुहोस्। जीवनमा आउने समस्याबाट छुटकारा पाउन माता दुर्गासँगै भगवान शिवको आराधना गर्नुहोस्। यसबाट छिट्टै फाइदा लिनुहुनेछ।

वैभव र ऐश्वर्य प्राप्तिका लागि माता अम्बेसँगै भगवान विष्णुको पूजा गर्नु महत्त्वपूर्ण छ। मा दुर्गाको साथमा शनिदेवको पूजा गर्नाले व्यक्तिलाई शत्रुबाट मुक्ति मिल्छ। ज्योतिषशास्त्रका अनुसार व्यक्तित्वमा नेतृत्व गुण ल्याउनका लागि दुर्गासँगै भगवान कार्तिकेयको पूजा गर्नुपर्छ।

अर्को समाचार:

आज चैत्र नवरात्रको तेस्रो दिन माता चन्द्रघण्टालाई समर्पित, जान्नुहोस् माता चन्द्रघण्टाको महिमा!