त्रिगही योग: सूर्य-बुध-गुरुको एकै स्थानमा अद्भुत मिलन, यी राशिको फेरिनेछ दिन: बदलिनेछ भाग्य! 

काठमाडौँ : – ज्योतिषशास्त्रका अनुसार ग्रहहरूको गोचरले हाम्रो जीवनमा गहिरो प्रभाव पार्छ। गत चैत्र २ गते(१६ मार्च) बिहिबार बुध ग्रहले मीन राशिमा गोचर गरेको छ। यस राशिमा सूर्य पहिले देखि नै उपस्थित थियो। यस्तो अवस्थामा सूर्य र बुध मिलेर बुधादित्‍य योग बनेको छ। त्यस्तै बृहस्पति पनि मीन राशिमै विराजमान छ। त्यसैले त्रिग्रही योग पनि बनेको छ। यी सबैको शुभ प्रभाव ५ विशेष राशिमा देखिनेछ। भाग्य र धन उनीहरूकै मुठ्ठीमा हुनेछ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका व्यक्तिहरुलाई त्रिग्रही योगको प्रत्यक्ष लाभ मिल्नेछ। अबको एक महिना यिनको जीवनमा धेरै खुसीयाली आउनेछ। जागिरको बारेमा शुभ समाचार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। व्यापार-व्यवसायमा मनग्य लाभ हुनसक्छ। बेरोजगारले काम पाउन सक्नेछन्। इष्टमित्र तथा आफन्तबाट धन प्राप्ति हुनेछ। रोकिएको पैसा फिर्ता हुन सक्छ। करियरमा उछाल देख्न पाउनुहुनेछ। स्वास्थ्य अवस्था राम्रो रहनेछ। घरपरिवारमा खुशीको माहोल हुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

त्रिग्रही योगका कारण कर्कट राशिका व्यक्तिहरूलाई बलियो आर्थिक लाभ मिल्नेछ। घरमै बसी-बसी धन आर्जन गर्नुहुनेछ। घरजग्गाको मामिलामा फैसला तपाईको पक्षमा हुनेछ। घर किनबेच गर्ने मौका मिल्नेछ। सन्तानबाट शुभ समाचार प्राप्त हुन सक्छ। पति-पत्नीबीच प्रेम बढ्नेछ। रोकिएका कामले गति लिनेछ। माता लक्ष्मीको आशीर्वाद तपाईमा रहनेछ। आर्थिक समस्या हट्नेछ। घरमा सुख सन्तोष रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। यात्रा हुन सक्छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

त्रिग्रही योगका कारण सिंह राशिका व्यक्तिहरुलाई सौभाग्य मिल्नेछ। तपाईको जीवनमा धेरै ठूला र सकारात्मक परिवर्तनहरू आउनेछन्। आउँदो एक महिना तपाईको जीवनको उत्कृष्ट महिना हुन सक्छ। महिनाभर खुशीले गदगद हुनुहुनेछ। नोकरी र व्यापारमा प्रबल लाभ मिल्नेछ। परिवारमा सबै ठीकठाक रहनेछ। सबै दु:ख बिस्तारै समाप्त हुनेछ। शत्रु पनि साथी बन्नेछन्। रोकिएका सबै काम भाग्यको भरमा हुनेछन्।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कन्या राशिका लागि त्रिग्रही योग बन्नु अत्यन्तै शुभ रहनेछ। उनीहरुको जीवनमा विशेष व्यक्तिको प्रवेश हुनेछ। यो व्यक्तिले तपाईको जीवनमा खुशीको बहार ल्याउनेछ। तपाईको पुरानो रोग अब निको हुनेछ। तपाईले राहतको सास फेर्नुहुनेछ। नयाँ सवारी साधन खरिद गर्न सकिनेछ। अड्डा-अदालतको मुद्दा-मामिलाबाट छुटकारा पाउनुहुनेछ। मानिसहरूले तपाईलाई मन पराउनेछन्। तपाईको घरमा धनको कमी हुनेछैन। पुराना साथीभाइसँग भेटघाट लाभदायक हुनेछ। धार्मिक यात्रा हुनसक्छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मीन राशिका लागि त्रिग्रही योगको अधिकतम लाभ हुनेछ। किनकी यहीँ बुध, सूर्य र गुरु तीनै ग्रहको मिलन भइरहेको छ। यस्तो अवस्थामा उनीहरुको भाग्य निकै बलियो हुन्छ। तपाई जुन काममा हात हाल्नुहुन्छ ती काममा सफलता मिल्नेछ। समाजमा तपाईको मान-सम्मान बढ्नेछ। विद्यार्थीहरूले आफ्नो मेहनतको उचित परिणाम प्राप्त गर्नेछन्। अचानक ठूलो धन-लाभ हुन् सक्छ। तपाईले आफ्नो लक्ष्य हासिल गर्नुहुनेछ। नोकरी तथा व्यवसायमा मनग्य आम्दानी हुनेछ।

अर्को समाचार:

चैत ६ गतेको राशिफल: सोमबार कुन राशिमा हुनेछ भोलेनाथको कृपा, हेर्नुहोस् राशिफल !