आज चैत ४ गते शनिबार कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। चैत ४ गते शनिबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ।

शनिबार दिन शनिदेवको नाममा समर्पित हुने गर्दछ। शनिबार शनिदेवको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ। शनिबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

चैत ४ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – शनिबार ।।। नक्षत्र- श्रवण , २२:२९ बजे उप्रान्त धनिष्ठा ।।। तिथि – एकादशी ८:२९ बजेदेखि द्वादशी , ३०:०५ बजे उप्रान्त चतुर्दशी ।।। करण – वालव ८:२९ बजेदेखि कौलव , १९:१७ बजे उप्रान्त भद्रा ।।। योग – शिव , २२:०९ बजे उप्रान्त सिद्ध ।।। चैत ४, २०७९, शनिबार।।। १८ मार्च, सन् २०२२ ।।। एकादशी, चैत्र कृष्णपक्ष ।।। चिल्लागा, ११४३ ने.सं. ।।। सूर्योदय – ०६:१३ ।।। सूर्यास्त – १८:१३ ।।।  शुभ साइत : – रुद्री गर्ने साइत –

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

 उदार स्वभावले दिन धेरै खुशीका साथ बित्नेछ। घरमा पाहुनाको आगमन हुन सक्छ तर यस पाहुनाको भाग्यले आर्थिक लाभ प्राप्त गर्न सकिनेछ। साथीभाइसँग घुमफिर हुनेछ । तर धेरै पैसा खर्चमा नियन्त्रण नगर्नुहोस्। जीवन साथीले विशेष हेरचाह गर्नेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

आत्मविश्वासको कमी रहनेछ। अनावश्यक क्रोधबाट टाढा रहनुहोस्। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस् नोकरीमा कार्यस्थलमा परिवर्तन हुनसक्छ । मिहिनेत बढी हुनेछ । खर्च बढ्नेछ। दाजुभाइको सहयोग रहनेछ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

आत्मविश्वास धेरै होला तर मनमा उतारचढाव रहनेछ। परिवारमा शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। साथीभाइको सहयोगले कुनै पनि सम्पत्तिबाट धन आर्जन गर्न सकिनेछ। धार्मिक यात्रामा जान सकिनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

मन खिन्न रहनेछ। मनमा निराशा र असन्तुष्टि पनि रहनेछ। बुवाको स्वास्थ्यको ख्याल गर्नु होला। व्यापार व्यवसायमा बढोत्तरी हुनेछ। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस्, मिष्ठान्न भोजनमा रुचि बढ्नेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

मन खिन्न रहनेछ। आत्मविश्वासको कमी रहनेछ। व्यापार व्यवसायमा कठिनाइको सामना गर्न सकिनेछ। मिहिनेत बढी हुनेछ। साथीभाइको सहयोग मिल्नेछ। जीवन कष्टदायी हुन सक्छ। सुखद समाचार प्राप्त हुनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

मनमा आशा र निराशाको भावना आउन सक्छ। परिवारमा वृद्ध महिलाको स्वास्थ्यको ख्याल राख्नुहोस्। जागिरमा स्थान परिवर्तनको सम्भावना छ। आम्दानी बढ्नेछ। आमाबाट धन प्राप्त हुनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

मन प्रसन्न रहनेछ। आत्मविश्वास भरिपूर्ण हुनेछ। व्यापार व्यवसायमा बढोत्तरी हुनेछ। घरपरिवारमा धार्मिक कार्य गर्न सकिनेछ। खर्च बढ्नेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। जीवनसाथीबाट मनमुटाव हुनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

आत्मविश्वासको कमी रहनेछ। आत्म-नियन्त्रित हुनुहोस्। नोकरीमा कार्यस्थलमा परिवर्तन हुनसक्छ। मिहिनेत बढी हुनेछ। व्यापारमा कठिनाइ आउन सक्छ। सतर्क रहनुहोस्। लाभको अवसर बढ्नेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

आत्मविश्वासले भरिपूर्ण रहनेछ तर मनमा उतारचढाव आउन सक्छ। परिवारको सहयोग मिल्नेछ। शैक्षिक कार्यमा उचित ध्यान दिनुहोस्। अवरोध आउन सक्छ। शैक्षिक कार्यमा अपेक्षित सफलता मिल्नेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मन खिन्न रहनेछ। काममा फेरबदल हुनसक्छ । परिवारबाट टाढै बस्नु पर्न सक्छ। जीवन अव्यवस्थित हुनेछ। कार्य क्षेत्रमा मिहिनेत बढी हुनेछ। राम्रो अवस्थामा रहनुहोस्। अनावश्यक चिन्ताले चिन्तित रहनेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

आत्मविश्वास धेरै हुनेछ, तर आलस्य पनि धेरै हुन सक्छ। अनावश्यक क्रोधबाट टाढा रहनुहोस्। काममा प्रगतिको बाटो खुल्नेछ। आम्दानीमा पनि वृद्धि हुनेछ। अन्तर्वार्तामा सफलता मिल्नेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

शान्त रहनुहोस् आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। परिवारमा शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। कार्य क्षेत्रम बुवाको सहयोग मिल्नेछ। व्यापारका लागि वैदेशिक यात्रामा जान सकिनेछ। कुनै पनि क्षेत्रमा लगानीको अवसर उपलब्ध हुनेछ।

अर्को समाचार:

चैत ४ गतेको राशिफल: शनिबार कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !