ज्योतिष शस्त्रको अनुसार एक साथ तीन ग्रहको संयोग हुनुलाई अत्यन्तै शुभ मानिन्छ। त्रिग्रही योगलाई वैदिक ज्योतिषमा अत्यन्तै महत्त्वपूर्ण र दुर्लभ योग मानिन्छ। तीनवटा ग्रह एकै समयमा एकै राशिमा बस्दा त्रिग्रही योग बन्ने गर्दछ। यस पटक शनिको स्वामित्व भएको राशि कुम्भ राशिमा यो योग बन्न लागेको छ।
२७ फेब्रुअरीमा साँझ ४:३३ बजे कुम्भ राशिमा बुधको संयोगले त्रिग्रही योगको निर्माण भएको छ। यस राशिमा शनि पहिले देखि नै रहेको छ। यो त्रिग्रही योगले सबै बाह्र राशिमा कुनै न कुनै प्रभाव पक्कै पर्नेछ। त्यो प्रभाव शुभ-अशुभ दुवै हुन् सक्दछ। तर यस योगबाट तीन राशिलाई शुभ फल प्राप्त हुने हुने भएको छ। जान्नुहोस् कुन-कुन राशि?
वृष राशि
वृष राशिका लागि त्रिग्रही योग निकै लाभदायी साबित हुने भएको छ। यस अवधिमा कार्यक्षेत्रमा शीर्ष अधिकारीहरूको सहयोग प्राप्त हुनेछ। वृष राशिका लागि यो योग शुभ रहनेछ र भाग्यले साथ दिनेछ। व्यापार व्यवसायमा आबद्ध व्यक्तिले धेरै लाभ प्राप्त गर्नेछन् र जागिरको खोजीमा रहेकाहरूलाई जागिर मिल्नेछ।
मिथुन राशि
मिथुन राशिका लागि कुम्भ राशिमा बनेको त्रिग्रही योग शुभ रहनेछ। भाग्यले हरेक मोडमा साथ दिनेछ। यो समयमा कुनै पनि नयाँ कामको थालनी गर्दा लाभ हुनेछ। कामबाट बिदा मनाउने अवसर मिल्नेछ।
वृश्चिक राशि
वृश्चिक राशिका लागि ग्रहहरूको यो स्थिति लाभदायक हुनेछ। सुख सुविधामा वृद्धि हुनेछ। नयाँ सम्पत्ति वा सवारी साधन खरिद गर्ने सम्भावना छ। व्यापारका लागि पनि यो समय निकै राम्रो रहेको छ। वृश्चिक राशिका व्यक्तिले यस समयमा आमाको स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने देखिन्छ।