ग्रहको सेनापति मंगल कुमार अवस्था भ्रमण गर्दै, ३ राशिको भाग्योदय साथै धन लाभको योग !

ज्योतिष शास्त्रका अनुसार ग्रहहरु पनि युवा र वृद्धि अवस्थामा ग्रहहरुको गोचर हुन्छ। यस्तो अवस्थामा ग्रहको युवावस्थाको गोचर सबैभन्दा छिटो फल दिन्छन्। मङ्गल ग्रह हाल वृष राशिमा प्रवेश गरेको छ र अहिले मंगल ग्रहको युवा अवस्थामा रहेको छ। अर्थात् मंगल ग्रह २४ डिग्रीसम्म युवा अवस्थामा रहनेछ । त्यसैले मंगलको युवा अवस्थाको प्रभाव सबै राशिमा देखिनेछ। तर यस्ता केही राशि छन् जसलाई यस समयमा धन र उन्नतिको प्रभाव पर्नेछ जान्नुहोस् यी भाग्यशाली राशिहरु कुन हुन्…

मेष राशि

युवा राज योगमा मंगलको प्रवेश मेष राशिका लागि शुभ साबित हुन सक्छ। किनकि यस समयमा मंगल् मेष राशिको धनको भावमा बसेर धनको घरमा हेरिरहेको छ। यसका साथ-साथै भाग्यको स्थानमा पनि दृष्टि रहेको छ। त्यसैले यस समयमा मेष राशिका व्यक्ति भाग्यशाली हुन सक्नुहुन्छ। यसका साथै आकस्मिक धन लाभ हुन सक्छ। यस अवधिमा सुखद यात्रा हुनेछ। साथै विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको मनोकामना पूरा हुनसक्छ।

कर्कट राशि

यस समयमा मंगल् ग्रहको प्रभावको कारण कर्कट राशिका व्यक्तिलाई शुभ र फलदायी साबित हुन सक्छ। मंगल ग्रह यस समयमा कर्कट राशिको  कुण्डलीमा केन्द्रीय त्रिकोण राजयोग बनाएर लाभदायक स्थानमा बसेको छ। त्यसैले यस समयमा करियर चम्कन सक्छ। साथै पुरानो लगानीबाट पनि यो समयमा लाभ मिल्नेछ। काममा उपलब्धिको योग रहेको छ। सन्तान पक्षबाट केही शुभ समाचार प्राप्त हुन सक्छ। यसका साथै अदालती मामिलाहरूमा सफलता मिल्नेछ।

वृश्चिक राशि

मंगलको गोचर वृश्चिक राशिको लागि आर्थिक रूपमा शुभ साबित हुन सक्छ। किनभने मंगल वृश्चिक राशिको कुण्डलीको सातौँ भावमा रहेकोले  करियर भावलाई हेरिरहेको छ। यस समयमा मान-सम्मान बढ्नेछ। यसका साथ-साथै काम गर्ने व्यक्तिले कार्यस्थलमा नयाँ जिम्मेवारी पाउन सक्छन्। नयाँ कामको थालनीका लागि पनि समय अनुकूल रहेको छ। यस समयमा कुनै पनि व्यवसाय वा करियर सम्बन्धित सम्झौता गर्न सक्नुहुन्छ।

अर्को समाचार:

फागुन १६ गतेको राशिफल: मंगलबार शुभ-अशुभ कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !