धार्मिक मान्यता साथ-साथै वास्तुशास्त्रमा पनि दानलाई धेरै महत्त्वपूर्ण मानिन्छ। केही चीजहरू दान गर्दा व्यक्तिको आर्थिक अवस्था बलियो हुन्छ, भने केही चीजहरू दान गर्दा आर्थिक नोक्सान पनि हुन सक्छ। शास्त्रहरूमा केही यस्ता कुराहरू उल्लेख गरिएको छ, जुन चिज भुलेर पनि कसैलाई ऋण दिनु हुँदैन। यसो गर्नाले व्यक्तिको आर्थिक अवस्था बिग्रन सक्छ। जान्नुहोस्-
काइँयो
हरेक व्यक्तिले दिनमा धेरै पटक काइँयोको प्रयोग गर्छन्। वास्तुशास्त्रका अनुसार सौन्दर्यीकरणका लागि प्रयोग हुने कुनै पनि वस्तुलाई न त सापटीमा दिनु हुँदैन। यस्ता कार्यले व्यक्तिको भाग्यलाई असर गर्न सक्छ। यदि यी चीजहरू उधारो दिनुभयो भने, यस्ता चिज दाङ गर्नु भयो भने कर्मको अंश पनि दान हुन सक्छ।
घडी
घडी व्यक्तिको राम्रो वा खराब भाग्यसँग सम्बन्धित छ। नियमित रूपमा लगाउने घडी कहिल्यै उधारो लिनु हुँदैन। यदि यस्तो कार्य गर्नुहुन्छ भने यसले व्यावसायिक जीवनलाई प्रत्यक्ष असर गर्नेछ।
कलम
हामी प्रायः आफ्नो काममा अरूबाट पेन मागेर गर्छौँ र कहिलेकाहीँ फिर्ता गर्न पनि बिर्सन्छौँ। वास्तुका अनुसार तपाईले प्रयोग गरेको कलम सधैँ फिर्ता दिनुपर्छ र यसलाई कहिल्यै साथमा राख्नु हुँदैन।
नुन
हामी प्रायः हाम्रा छिमेकीहरूसँग आवश्यक चीजहरू साटासाट गर्छौँ। कहिले चिनी चाहिन्छ त कहिले छिमेकीलाई नुन चाहिन्छ । तर वास्तुशास्त्र अनुसार कसैले पनि नुन उधारो दिनु हुँदैन। यसो गर्दा तपाईको आर्थिक अवस्थालाई असर गर्न सक्छ।