ज्योतिषशास्त्रका अनुसार हरेक ग्रह एक राशिबाट अर्को राशिमा निश्चित समयमा प्रवेश गर्दछन्। ग्रहहरूको राशि परिवर्तनले कहिलेकाहीं राजयोगको शुभ संयोजन बनाउँछ। फेब्रुअरी महिनामा मंगल र चन्द्रमाको संयोगले ‘महालक्ष्मी योग’ बन्न लागेको छ। मंगल ग्रहलाई साहस, पराक्रम, भूमि र ऊर्जा आदिको कारक मानिन्छ। चन्द्रमा मनको कारक हो। यस समयमा मंगल ग्रह वृष राशिमा गोचर गरिरहेको छ। चन्द्रमा २६ फेब्रुअरीमा वृष राशिमा प्रवेश गर्नेछ। चन्द्रमा र मंगलको संयोगले ‘महालक्ष्मी योग’ बन्नेछ, जसले ३ राशिका व्यक्तिहरूलाई शुभ परिणाम दिनेछ।
मेष राशि
मेष राशिका लागि मंगल र चन्द्रमाको संयोगले बन्ने ‘महालक्ष्मी योग’ लाभदायक साबित हुनेछ। यस अवधिमा रोकिएको धन फिर्ता हुने सम्भव छ। धन आर्जनका नयाँ मार्ग प्रशस्त हुनेछन्। यो अवधि मार्के:टिङ र यात्रा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि वरदान भन्दा कम हेन छैन। भौतिक सुखसुविधामा वृद्धि हुनसक्छ। करियरमा लाभ हुनेछ।
वृष राशि
वृष राशिका लागि मंगल र चन्द्रमाको संयोगले बन्ने महालक्ष्मी योगले जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ। यस अवधिमा अचानक आर्थिक लाभ हुने सम्भावना छ। मान सम्मान मिल्नेछ। मिडिया वा चलचित्र क्षेत्रसँग सम्बद्ध व्यक्तिहरूका लागि यो अवधि लाभदायी साबित हुनेछ। प्रेम जीवन राम्रो रहनेछ। करियरमा अगाडि बढ्ने अवसर मिल्नेछ।
कर्कट राशि
महालक्ष्मी योग कर्कट राशिका लागि वरदान भन्दा कम छैन। यस अवधिमा काम गर्ने व्यक्तिको लागि पदोन्नति पाउन सक्नुहुन्छ। आम्दानीमा वृद्धि हुने प्रबल सम्भावना छ। व्यापारीहरूले लाभ पाउनेछन्। लगानीबाट लाभ मिल्नेछ। पुरानो लगानीबाट पनि धन आर्जन हुनेछ। सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ।