काठमाडौँ : – वैदिक ज्योतिष शास्त्रमा ३२ शुभ योगको वर्णन गरिएको छ, जसलाई राजयोग समान शुभ र लाभदायी मानिन्छ। जसमध्ये एउटा अत्यन्तै शक्तिशाली राजयोग ‘धन योग’ हो। धन योगले सबै १२ राशिमा प्रभाव पार्छ। केही राशिका लागि सन् २०२३ मा बन्ने वाला धन योग लाभदायी साबित हुनेछ। सुखको दाता शुक्र ग्रहले फाल्गुन ३ गते बुधबार मीन राशिमा प्रवेश गरिसकेको छ। यस राशिमा शुक्र फाल्गुन २८ गते आइतबारसम्म विराजमान रहनेछ। शुक्रको गोचरले केही राशिका लागि धन योगको संयोग बनिरहेको छ। धन योगबाट कुन-कुन राशिलाई जबरदस्त लाभ हुन्छ त ?
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
धन योगको प्रभावले कर्कट राशिका जातकलाई आकस्मिक धन-लाभ हुनेछ। लामो समयदेखि रोकिएको धन प्राप्त हुनेछ। यस अवधिमा तपाईले जुन काममा हात हाल्नुहुन्छ त्यो काम पूरा हुनेछ। व्यापारीहरुका लागि समय अनुकूल रहनेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
सिंह राशिका जातकलाई राशि परिवर्तनले आयको नयाँ मार्ग खुल्नेछ। धन वृद्धि हुनेछ। आर्थिक स्थितिमा उत्थान हुनेछ। काम गर्ने व्यक्तिको पदोन्नतिसँगै बढुवाको सम्भावना छ। व्यापारमा मुनाफा हुनेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
कन्या राशिका मानिसहरुको स्वास्थ्यसम्बन्धी समस्याहरु हट्नेछन्। जुन चीजको जरुरत छ त्यसको उपलब्धता हुनेछ। व्यापारी वर्गलाई लाभ हुनेछ। नोकरीमा पदोन्नति हुनुका साथै आम्दानीमा वृद्धि हुन सक्छ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
यो गोचरले तपाईको आयमा वृद्धि गराउनेछ। यस अवधिमा प्रतियोगात्मक परीक्षाको तयारी गरिरहेका जातकहरुले शुभ समाचार प्राप्त गर्नेछन्। मेहनतको पूरा फल मिल्नेछ। विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले शुभ खबर पाउन सक्छन्।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
यात्रामा धन-लाभको योग छ। बैंक ब्यालेन्समा वृद्धि हुनेछ। जागिरको खोजीमा रहेका जातकले खुशीको खबर पाउनेछन्। साझेदारीको काममा मुनाफा हुनेछ। काममा नयाँ अवसर प्राप्त हुनेछ। आर्थिक स्थिति मजबूत हुनेछ।