फेब्रुअरी महिनामा शनिको राशिमा त्रिग्रही योग बन्दै, यी राशिको भाग्योदयको प्रबल सम्भावना !

वैदिक ज्योतिषका अनुसार ग्रहहरूले निश्चित अन्तरालमा राशि परिवर्तन गरेर शुभ-अशुभ योगहरू सिर्जना गर्छन्। जसको प्रभाव मानव जीवन र देश-विश्वमा पर्छ। शनिदेव कुम्भ राशिमा प्रवेश गरेका छन् र फेब्रुअरीमा सूर्य र बुधले आफ्नो कुम्भ राशिमा राशि परिवर्तन गर्नेछन्। जसका कारण त्रिग्रही योग बन्नेछ । यो योगले सबै राशिका व्यक्तिहरूलाई प्रभाव पार्नेछ। तर ३ राशिलाई त्रिग्रही योग बन्नाले धनलाभ र उन्नतिको योग बनिरहेको छ। जान्नुहोस् यी भाग्यशाली राशिका बारेमा….

मिथुन राशि

त्रिग्रही योग मिथुन राशिको लागि लाभदायक साबित हुन सक्छ। किनभने यो योग मिथुन राशिको नवौँ स्थानमा बन्नेछ। जुन भाग्य र विदेश यात्राको ठाउँ मानिन्छ। त्यसैले यस समयमा तपाईको भाग्य बढ्न सक्छ। साथै, यस अवधिमा विदेश यात्राको अवसर प्राप्त गर्न सक्नु हुनेछ। कामको सिलसिलामा कतै जानु पर्न हुन सक्छ। त्यस्तै यो अवधि प्रतिस्पर्धी विद्यार्थीहरूको लागि उत्कृष्ट साबित हुन सक्छ। यसको मतलब कुनै पनि परीक्षामा सफलता पाउन सकिन्छ।

मेष राशि

त्रिग्रही योगको निर्माणले मेष राशिका व्यक्तिहरुको शुभ दिन सुरु हुन सक्छ। किनभने यो योग मेष राशिको ११ औँ घरमा बन्नेछ। जसलाई आम्दानी र नाफाको ठाउँ मानिन्छ। तसर्थ यस समयमा आम्दानीमा वृद्धि हुने सम्भावना छ। व्यवसायीहरूले यस समयमा राम्रो नाफा कमाउन सक्नेछन्। यस समयमा धेरै माध्यमबाट पैसा कमाउन सक्नुहुन्छ। साथै पुरानो लगानीबाट लाभ हुने सम्भावना छ।

कन्या राशि

कन्या राशिको लागि त्रिग्रही योग बन्नु शुभ र फलदायी साबित हुन सक्छ। यो योग कन्या राशिको छैटौँ घरमा बन्नेछ। जसलाई रोग र शत्रुको स्थान मानिन्छ। त्यसैले यस समयमा अदालती मुद्दामा सफलता मिल्नेछ। यसका साथै शत्रुहरूमाथि विजय हासिल गर्न सकिनेछ। यस समयमा तलब र कार्य क्षेत्रमा पद वृद्धि हुन् सक्छ।

अर्को समाचार:

माघ १७ गते मंगलबार शुभ-अशुभ कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !