महाशिवरात्रिको गरिएको यस्ता उपायले अन्त्य हुनेछ धनको कमी, जान्नुहोस् !

माघ महिना सुरु भइसकेको छ। माघ महिनाबाट भगवान शिवको प्रिय चाड सुरु भएको छ। माघ महिनाले भगवान शिवलाई समर्पित चाड पनि ल्याएको छ। यस महिना भगवान शिवाको विशेष पूजा गरी सुख-समृद्धिको कामना गरिन्छ। मासिक शिवरात्रिको दिन मध्यरातमा भगवान शिव र माता पार्वतीको पूजा आराधना गर्नाले सुख, समृद्धि तथा अविवाहित महिलाले उपयुक्त जीवनसाथी प्राप्त गर्ने जनविश्वास रहेको छ। यसका साथै मासिक शिव रात्रिको दिन भगवान शिवको पूजा गर्नाले आर्थिक लाभ पनि मिल्छ। त्यस्तै भावना शिवको प्रिय दिन महाशिवरात्रिको दिन यी उपाय अवश्य गर्नुहोस्।

जीवनमा ऐश्वर्य र समृद्धि बढाउन चाहनुहुन्छ भने महाशिवरात्रिको दिन दहीले भगवान भोलेनाथको रुद्राभिषेक गर्नुपर्छ।

घरमा धनको कमी भएमा भगवान भोलेनाथलाई उखुको रस चढाएर अभिषेक गर्नाले माता लक्ष्मीको प्राप्ति हुन्छ।

महाशिवरात्रिमा चाँदीको भाँडोको जलधाराले भगवान शिवलाई अभिषेक गर्दा ॐ नमः शिवाय र ॐ पार्वतीपतेय नमः मन्त्रको १०८ पटक जप गर्नाले आर्थिक उन्नति हुनेछ।

महाशिवरात्रिमा खाँचोमा परेकाहरूलाई सहयोग गर्नाले जीवनका सबै प्रकारका समस्याहरूको अन्त्य हुन्छ।

अर्को समाचार:

जय एकादशीको व्रतले मिल्छ सबै सांसारिक सुख, मिल्छ हरेक पापबाट मुक्ति !