आज सरस्वती पूजा शुभ-अशुभ कस्तो रहला दिन, हेर्नुहोस् दैनिक राशिफल !

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आङ्कलन गरिन्छ। माघ १२ गते बिहीबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ।

बिहीबार दिन भगवान विष्णुको नाममा  समर्पित हुन्छ। बिहीबार भगवान विष्णुको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुनेछ। बिहीबार दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

माघ  १२ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – बिहीबार ।।। नक्षत्र- उत्तरभाद्रपदा , २५:०२ बजे उप्रान्त रेवती ।।। तिथि – पञ्चमी , १६:३७ बजे उप्रान्त षष्ठी ।।। करण – वालव १६:३७ बजेदेखि कौलव , २७:५५ बजे उप्रान्त वणिज।।। योग – शिव , २१:२८ बजे उप्रान्त सिद्ध ।।। माघ १२, २०७९, बिहीबार ।।। २६ जनवरी, सन् २०२३ ।।। पञ्चमी, माघ शुक्लपक्ष।।। सिल्लाथ्व, ११४३ ने.सं. ।।। सूर्योदय– ०६:५५ ।।। सूर्यास्त – १७ :३८ ।।।  शुभ साइत : – रुद्री गर्ने साइत, होम गर्ने साइत, बिवाह गर्ने साइत, पसल खोल्ने साइत, पास्नी गर्ने साइत, ब्रतबन्ध गर्ने साइत –

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

शैक्षिक कार्यमा अवरोध आउन सक्छ। मन प्रसन्न रहनेछ। आत्मविश्वासको कमी रहनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। सन्तानको स्वास्थ्यको ख्याल गर्नुहोला। परिवारमा आपसी मतभेद हुन सक्छ। स्वभावमा रिस उठ्नेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

माताको सहयोग मिल्नेछ। खर्चमा बृद्धि हुनेछ । परिवारको सहयोग मिल्नेछ। आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला। बोलीमा नम्रता रहनेछ। जीवनसाथीसँग वैचारिक मतभेद हुन सक्छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

स्वास्थ्यको बारेमा सावधान रहनुहोस् क्रोधका क्षण र सन्तुष्टिका क्षणहरू रहनेछन्। परिवारमा अनावश्यक विवादबाट टाढा रहनुहोस्। परिवारमा धार्मिक कार्य हुनेछ। मानसिक शान्ति मिल्नेछ। आत्मविश्वासले भरिपूर्ण रहनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

दाजुभाइसँग धार्मिक स्थलको यात्रा गर्न सकिनेछ। यात्रा कष्टप्रद हुन सक्छ। आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। नोकरीमा पदोन्नतिको अवसर मिल्न सक्छ । आम्दानी बढ्नेछ। कार्यक्षेत्रमा वृद्धि हुनसक्छ। धार्मिक कार्यमा रुचि बढ्नेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

काममा कुनै अतिरिक्त जिम्मेवारी पाउन सकिन्छ। मन अशान्त रहनेछ। कुराकानीमा सन्तुलित हुने प्रयास गर्नुहोस्। जागिरमा अधिकारीसँग वादविवाद नगर्नुहोस्। आत्मविश्वासमा बृद्धि होला तर मानसिक तनाव पनि रहन सक्छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

नोकरीमा पदोन्नतिको अवसर मिल्न सक्छ। आम्दानी बढ्नेछ। जागिरमा परिवर्तनको सम्भावना छ। उच्च अधिकारीहरूसँग मतभेद हुन सक्छ। मन अशान्त रहनेछ। बुवाको स्वास्थ्यमा समस्या आउन सक्छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

जीवन साथीको सहयोग मिल्नेछ। आम्दानी बढ्नेछ। रिसको क्षण र सन्तुष्टिको क्षण हुन सक्छ। जागिरका लागि अर्को ठाउँमा जानुपर्ने हुन सक्छ। अत्यधिक क्रोधबाट बच्नुहोस्। आमाबुवाको स्वास्थ्यमा समस्या आउन सक्छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

शैक्षिक कार्यमा सफलता मिल्नेछ। आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। जागिर परिवर्तनको अवसर मिल्न सक्छ। कार्यक्षेत्र फराकिलो बन्न सक्छ। मनमा आशा र निराशाको मिश्रित भावना रहनेछ। पढाइमा रुचि बढ्नेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

खर्च बढ्नेछ। घरमा सुख बढ्नेछ। घरपरिवारमा धार्मिक कार्य हुनेछ, दाजुभाइको साथ र सहयोग मिल्नेछ। जीवन अस्तव्यस्त हुन सक्छ। आलस्यको अति हुनेछ। जीवनसाथीको स्वास्थ्यमा समस्या आउन सक्छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

लेखन र बौद्धिक कार्यमा व्यस्तता बढ्न सक्छ। दाम्पत्य सुखमा वृद्धि हुनेछ। वाहन सुख प्राप्ति हुनेछ। शैक्षिक-बौद्धिक कार्यको सुखद नतिजा हात पार्न सकिनेछ। मन अशान्त रहनेछ। आत्मविश्वासको कमी रहनेछ। खर्चको मात्रा बढ्नेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

सम्मान मिल्नेछ। बोलीमा कठोरताको प्रभाव रहनेछ। आत्मविश्वासमा कमी आउनेछ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ। खर्च बढ्नेछ। कुराकानीमा सावधान रहनुहोस्। परिवारको स्थितिमा सुधार आउनेछ। खर्चको मात्रा बढ्नेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

दाम्पत्य सुखमा वृद्धि हुनेछ। क्रोधको मात्रा बढ्नेछ। बोलीमा मिठास रहनेछ । साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। परिवारमा धार्मिक कार्य हुनेछ। आम्दानी स्थितिमा सुधार आउनेछ।

अर्को समाचार:

ग्रह-नक्षत्रको कारण आज यी ४ राशिमा हुनेछ बृहस्पति देवको कृपा, कुन-कुन राशि ?