आजबाट सुरु भयो राज पञ्चक, यस्ता कार्यले पर्नेछ अशुभ प्रभाव !

ज्योतिषशास्त्रका अनुसार चन्द्रमा घनिष्ठ नक्षत्रको तेस्रो चरण र उत्तराभाद्रपद, पूर्वभाद्रपद, रेवती र शतभिषा नक्षत्रको चारै चरणमा प्रवेश गरेपछि पञ्चक अवधि सुरु हुन्छ। ज्योतिष शास्त्रमा पञ्चक काललाई निकै अशुभ समय मानिन्छ। तर राज पञ्चकलाई शुभ मानिन्छ। राज पञ्चक पर्सि अर्थात् माघ १२ गतेदेखि सुरु हुँदैछ। यो पञ्चक अवधि माघ १२ देखि १६ माघसम्म रहनेछ। राजपञ्चकमा गरेको कामले राज्य-सुख दिन्छ। शास्त्र अनुसार यस योगमा राज्याभिषेक हुने गर्दछ।

वैदिक ज्योतिषका अनुसार पञ्चक माघ १२ गते सोमबार दिउँसो १ः५२ बजे सुरु भएको छ। किनकि यस समयमा घनिष्ठ नक्षत्र र चन्द्रमा कुम्भ राशिमा विराजमान थिए। अर्कोतर्फ माघ १६ गते शुक्रबार साँझ ६ः३७ मा पञ्चक समाप्त हुनेछ।

शास्त्र अनुसार पञ्चक ५ प्रकारका हुन्छन्। आइतबारबाट सुरु हुने पञ्चकलाई रोग पञ्चक भनिन्छ। सोमबारबाट सुरु हुने पञ्चकलाई शास्त्रमा राजपञ्चक भनिएको छ। मंगलबारबाट सुरु हुने पञ्चकलाई अन्नी पञ्चक भनिन्छ। अर्कोतर्फ बुधबार र बिहीबार मनाइने पञ्चकलाई दोषमुक्त पञ्चक भनिन्छ। त्यस्तै शुक्रबार हुने पञ्चक काल चोर पञ्चकलाई पञ्चक भनिन्छ। साथै शनिबार हुने पञ्चक अवधिलाई मृत्यु पञ्चक भनिन्छ। यसमा राजपञ्चकलाई निकै शुभ मानिन्छ।

पञ्चकको समयमा घर बनाउनु हुँदैन।
पञ्चकमा दक्षिण दिशामा यात्रा गर्नु हुँदैन।
पञ्चकमा खाट बनाउनु शुभ मानिँदैन।
पञ्चक कालमा कुनै पनि व्यक्तिको मृत्यु अशुभ मानिन्छ।

अर्को समाचार:

४ शुभ योगमा वसन्त पञ्चमी मनाइँदै, विद्यार्थीका लागि यो महत्त्वपूर्ण !