घरमा यी चीजको उपस्थितिले हुनसक्छ विनाश, करोडपति मानिस एकै क्षणमा बन्न सक्छ कंगाल!

कतिपयले पैसा कमाउँछन् तर लक्ष्मीजी उक्त घरमा धेरै समय बस्दिनन्। छिटै गरिबीको मुखमा पनि पुग्छन्। यसको पछाडि वास्तुदोष पनि हुनसक्छ। कयौं पटक हामीले अनजानमा घरमा यस्ता काम गरिरहने गर्छौं, जुन वास्तुका अनुसार ठीक मानिँदैन। वास्तुका यी कुराहरू अवश्य जान्नुपर्छ ताकि भुलेर पनि कुनै गल्ती नहोस्।

घरमा कहिल्यै नगर्नुहोस् यी काम

पानी

घरमा पानीको अपव्यय भयो भने अशुभ मानिन्छ। यस्तो गर्दा तपाईंलाई गरिब बनाउन सक्छ। पानीलाई कहिल्यै खेर जान दिनु हुँदैन। जति पानी चाहिन्छ, सोही अनुसार खर्च गर्नुपर्छ। यदि तपाईंको घरमा धारा चुहिएको छ वा त्यो राम्रोसँग बन्द भएको हुँदैन भने मेकानिकलाई बोलाउनुहोस् र तुरुन्तै ठीक गर्नुहोस्। यदि यस्तो भयो भने यसले तपाईंका लागि आर्थिक संकट ल्याउन सक्छ।

फुटेका भाँडा

फुटेको भाँडा घर भित्र राख्नु अशुभ मानिन्छ। वास्तुशास्त्रमा स्पष्ट रूपमा भनिएको छ कि घरमा टुटेका फुटेका भाँडाकुँडा राख्न निषेध गरिएको छ। घरमा यस्ता भाँडाकुँडा राख्नुभयो भने आर्थिक संकट निम्त्याए जस्तै हो। यदि यसबाट बच्न चाहनुहुन्छ भने घरमा राखिएका फुटेका भाँडाकुँडा तुरुन्तै बाहिर फाल्नुहोस्।

गलत आम्दानी

यदि तपाईंले गलत कामबाट हुने आम्दानीलाई आफ्नो घरमा राख्नुभयो भने, यो तपाईंको लागि घातक साबित हुन सक्छ। निर्दयी तरिकाले कमाएको पैसा गरिबीको कारण बन्न सक्छ।

अर्को समाचार:

यस दिन परेको छ पौष पूर्णिमा, यी ३ उपायले चम्किनेछ भाग्य!