काठमाडौँ : गत मङ्सिर २३ गते शुक्रबारबाट पौष कृष्णपक्ष प्रारम्भ भएको छ। हिन्दू धर्ममा पौष महिनाको धेरै महत्व छ। पौष महिनामा धेरै ठूला ग्रहहरुको राशि परिवर्तन हुँदैछ। ग्रह र नक्षत्र परिवर्तनले मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्छ। यसको प्रभाव ज्योतिषशास्त्रमा उल्लेख गरिएका सबै १२ राशिमा देख्न सकिन्छ। जानौँ, कुन-कुन राशिका लागि पौष महिनाले शुभ परिणाम दिन्छ त ?
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
आत्मविश्वासले भरिपूर्ण हुनेछ। परिवारको साथ-सहयोग मिल्नेछ। यो समयावधि शैक्षिक कार्यमा संलग्न व्यक्तिहरूको लागि वरदान भन्दा कम हुनेछैन। काममा प्रगतिको बाटो खुल्नेछ। आयमा वृद्धि हुनेछ। कार्यक्षेत्र फराकिलो हुनेछ।दाम्पत्य जीवन सुखमय रहनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
आत्मविश्वास भरिपूर्ण रहनेछ। घरपरिवारमा धार्मिक कार्य हुन् सक्छ। पारिवारिक जीवन सुखमय रहनेछ। काममा कुनै अतिरिक्त जिम्मेवारी पाउन सकिन्छ। वाहन सुखमा वृद्धि हुनेछ। कारोबारमा ध्यान दिनुहोस्। जीवन साथीको पूर्ण सहयोग मिल्नेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
मन प्रसन्न रहनेछ। आत्मविश्वासले भरिपूर्ण रहनेछ। शैक्षिक कार्यमा रुचि बढ्नेछ। बौद्धिक कार्यबाट धन लाभ हुनेछ। जागिर परिवर्तनको अवसर मिल्न सक्छ। उच्च पद प्राप्त हुन् सक्छ, यद्यपि बसाईसराई गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना हुन् सक्छ। सिंह राशिका व्यक्तिहरुका लागि यो साता कुनै वरदानभन्दा कम हुनेछैन्।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
आत्मविश्वासमा बृद्धि हुनेछ । आमाको सानिध्य मिल्नेछ। व्यापार व्यवसायमा सुधार आउनेछ। लाभको अवसर मिल्नेछ। वैवाहिक जीवन सुखमय रहनेछ। यो समयमा भाग्यको पूर्ण साथ मिल्नेछ। काममा उन्नतिको मार्ग प्रशस्त हुनेछ, वरिष्ठ अधिकारीको सहयोग रहनेछ।