मेष राशिलाई सन् २०२३ कस्तो रहला ? जान्नुहोस् करियर, व्यापार, वैवाहिक जीवनको अवस्था !

ज्योतिष शास्त्रमा मंगल ग्रहलाई मेष राशिको स्वामी मानिन्छ र मंगललाई साहस र बहादुरीको कारक ग्रह पनि हुन्। यसका साथै २०२३ मा मंगलको गोचर राशिफलको लग्न घरमा राहु र चन्द्रमामा रहनेछ । त्यस्तै सन् २०२३ जनवरी १७ मा शनिदेव यस राशिको ११औँ घरमा राशि परिवर्तन गर्दै शस नामको पञ्च महापुरुष योगको निर्माण गर्नेछन्।

यसका साथै २२ अप्रिलमा बृहस्पति ग्रह लग्न गृहमा प्रवेश गर्नेछ, जहाँ बृहस्पति ग्रह रहेको छ। यसबाट चाण्डाल योग बन्नेछ। यससँगै राहु ग्रहले १२ औँ घरमा गोचर गर्नेछ। मेष राशिका मानिसहरुका लागि करियर, व्यापार र पारिवारिक जीवनको लागि २०२३ कस्तो रहनेछ जान्नुहोस्….


मेष राशि व्यक्तिलाई यो वर्ष निकै राम्रो साबित हुन सक्छ । यस वर्ष मेष राशिका व्यक्तिले सवारी साधन र जग्गा किन्ने सक्ने छन्। अर्कोतर्फ शनि र बृहस्पतिले यस राशिलाई भौतिक सुख दिन सक्छ। किनभने शनिदेव शुभ स्थानमा र बृहस्पति लग्न स्थानमा हुनेछन् । जसका कारण बृहस्पतिले यस राशिको भाग्यमा वृद्धि गर्नेछ । साथै शनिदेवले पनि लाभ दिनुहुनेछ।

ज्योतिष शास्त्रका अनुसार मेष राशिका व्यक्तिहरूका लागि २०२२ को तुलनामा २०२३ शुभ साबित हुनसक्छ । किनकि शनिदेव जनवरी १७ मा गोचर भएर लाभ स्थानमा प्रवेश गर्नेछन् । जसले गर्दा व्यवसायीहरूले राम्रो नाफा कमाउन सक्छन् । काम-व्यवसायमा सफलता मिल्नेछ। यसका साथै आर्थिक अवस्थामा सुधार आउनेछ । जो जागिर परिवर्तन गर्न सोचमा हुनुहुन्छ, उनीहरू सफल हुनेछन्।

स्वास्थ्य स्थिति 

मेष राशि भएकाहरूका लागि २०२३ साल स्वास्थ्यको दृष्टिकोणले राम्रो साबित हुन सक्छ। सन् २०२२ को तुलनामा यो वर्ष स्वास्थ्य राम्रो हुनेछ । तर सुरुको ४ महिनामा आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ । अर्थात् खानपानमा ख्याल राख्नु होला। बाहिरका खानेकुरा नखाने । तयारी खानेकुरा नखानुहोस्। यसका साथै घाँटी, छाती र पेट सम्बन्धी समस्या हुन सक्छ। तर २२ अप्रिलमा बृहस्पतिको राशि परिवर्तन हुने बित्तिकै। यस पछिको दिनमा तपाईको स्वास्थ्य राम्रो हुनेछ।

वैवाहिक जीवन 

मेष राशिका व्यक्तिहरूले वर्षको सुरुमा सम्बन्धमा केही सावधानी अपनाउनुपर्छ। कारण लग्न घरमा राहु, १२ औँ घरमा बृहस्पति र विवाह स्थानमा केतु रहेको छ । जसले गर्दा जीवनसाथीसँग मनमुटाब हुनसक्छ । वादविवाद हुनबाट टाढा रहनुहोस्। कुनै पनि विषयमा लामो छलफल नगर्नुहोस्। साथै, २२ अप्रिल पछि, बृहस्पति ग्रह लग्न स्थानमा प्रवेश गर्नेछ। त्यस पछिको दिनमा सम्बन्ध सुधार हुन सक्छ। साथै, अविवाहितको पनि विवाह हुनेछ । यो वर्ष प्रेम विवाहमा पनि सफलता मिल्न सक्छ ।

गर्नुहोस् यस्ता उपाय 

यो वर्ष मेष राशिका व्यक्तिले बृहस्पतिको पूजा गर्नु होला। यसका साथै बृहस्पतिको मन्त्र ‘ॐ बृहस्पतये नमः’ को जप गर्नुहोस् । बिहीबार पहेँलो लड्डू र पहेँलो वस्त्र दान गर्नुहोस्। यसका साथै दैनिक घाँटी र निधारमा बेसारको तिलक लगाउनुहोस्। भगवान गणेशको पनि पूजा गर्नुहोस्।

अर्को समाचार:

नयाँ वर्ष सन् २०२३ को सुरुवातसँगै यी ४ राशि रहनुहोस् सावधान, सुरु हुनेछ कठिन समय !