हरेक ग्रहले आफ्नी निश्चित समयमा राशि परिवर्तन गर्दछ। जब कुनै ग्रहले राशि परिवर्तन गर्दछ त्यसको शुभ-अशुभ प्रभाव सबै राशिमा पर्दछ भने केही राशिलाई शुभ हुनेछ भने केही राशिले समस्याको सामना गर्ने पर्ने हुन्छ। सुख प्रदान गर्ने शुक्र २९ डिसेम्बरमा मकर राशिमा प्रवेश गर्दैछ। शनिदेव यस राशिमा पहिले देखि नै विराजमान छन् जुन १७ जनवरी २०२३ सम्म कुम्भ राशिमा रहने छन् ।
शुक्र ग्रहले धेरैजसो राशिलाई शुभ फल दिने भएता पनि कहिलेकाहीँ केही राशिले कठिनाईको सामना पनि गर्न पर्ने हुन्छ। सन् २०२२ मा शुक्र ग्रहको अन्तिम राशि परिवर्तनबाट केही राशिका व्यक्तिले समस्याको सामना गर्ने पर्ने भएको छ। जान्नुहोस् शुक्र राशि परिवर्तनपछि कुन-कुन राशिका व्यक्तिहरूले धेरै सावधानी अपनाउनुपर्ने हुन्छ।
कन्या राशि
शुक्र मकर राशिमा प्रवेश गरेपछि कन्या राशिका व्यक्तिलाई समस्या बढ्न सक्छ। प्रतिद्वन्द्वी र शत्रुबाट हानि हुन सक्छ। शत्रुले तपाईको विरुद्धमा बनाइएको रणनीति सफल हुने सम्भावना धेरै छ। दुर्घटनाबाट पनि सजग रहनुपर्छ । कन्या राशिका व्यक्तिहरूलाई यस समयमा कुनै पनि प्रकारको लाभको लागि अनैतिक वा गैर कानुनी गतिविधिहरू नगर्न सल्लाह दिइन्छ। यसको परिणाम धेरै नराम्रो हुन सक्छ।
तुला राशि
शुक्रको अन्तिम गोचरका कारण यस अवधिमा कुनै पनि अज्ञात स्रोतबाट कुनै पनि चीज खरिद नगर्न सल्लाह दिइन्छ। यसले तपाईलाई हानि पुर्याउन सक्छ। यस अवधिमा किनेका सामानहरूले न त तपाईंलाई कुनै कामको हुनेछ न त तपाईंको मनलाई सन्तुष्टि दिनेछ। त्यसैले अज्ञात स्रोतबाट खरिद नगर्नु राम्रो हुन्छ।
मीन राशि
मीन राशिका मानिसहरूका लागि शुक्र गोचर अलि चुनौतीपूर्ण रहने देखिन्छ। यस अवधिमा केही नराम्रो परिणाम प्राप्त गर्न सकिनेछ। स्वास्थ्यको दृष्टिकोणले शुक्र गोचरको यस समय तपाईका लागि अनुकूल देखिँदैन। आफ्नो र जीवनसाथीको स्वास्थ्यको ख्याल राख्नुहोस्। पेटसँग सम्बन्धित रोगले सताउन सक्छ। यस समयमा अधिकतम लाभ कमाउने मौका गुमाउन सक्नुहुन्छ।