डिसेम्बर महिना ३ पटक राशि परिवर्तन गर्दै बुध देव, यी ४ राशि बन्नेछन् मालामाल !

काठमाडौँ : बुध ग्रहले २८ डिसेम्बरमा फेरि पनि आफ्नो राशि परिवर्तन गर्दैछ। बुध धनु राशि छोडेर मकर राशिमा प्रवेश गर्नेछ। ३० डिसेम्बरमा बुध ग्रह फेरि धनु राशिमा वक्री हुनेछ। अर्थात् डिसेम्बर महिनामा बुधदेवले तीनपटक आफ्नो चाल परिवर्तन गर्दैछ। मकर राशिलाई अग्नि तत्वको राशि मानिन्छ। बुध ग्रहलाई सबै ग्रहहरूको राजकुमार मानिन्छ। बुध ग्रहको राशि परिवर्तनका कारण कतिपय राशिको भाग्य चम्किनेछ भने कतिपयले यस समयमा सावधानी अपनाउनुपर्नेछ। यो गोचरले सबै १२ वटै राशिहरुमा कस्तो प्रभाव पार्ला त ? हेर्नुस्।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका लागि बुधको यो गोचर फलदायी साबित हुनेछ। यस अवधिमा तपाईले आफ्नो कार्यस्थलमा सबै काम धेरै व्यवस्थित ढंगले गर्नुहुनेछ। तपाईको वक्तृत्व कलामा सुधार आउनेछ। यस गोचरको प्रभावले तपाईको जोखिम लिने क्षमता बढ्नेछ र व्यापारमा लाभ प्राप्त हुन् सुरु हुनेछ। सफलता प्राप्त गर्नको लागि खुब मेहनत गर्नुपर्नेछ। दाजुभाई तथा दिदीबहिनीको पूर्ण साथ-सहयोग मिल्नेछ। मार्केटिङ, कम्युनिकेशन या लेखन क्षेत्रमा संलग्न व्यक्तिहरुका लागि यो अवधि लाभदायक साबित हुनेछ। उच्च शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

प्रेम सम्बन्धमा यो समय तपाईको लागि धेरै राम्रो रहनेछ। यो गोचरकालमा तपाईले आफ्नो साथीसँग पूरा समय बिताउन पाउनुहुनेछ। तपाईको सम्बन्ध मजबूत हुनेछ र एक-अर्काप्रतिको विश्वास पनि बढ्नेछ। यद्यपि यो गोचरको प्रभावको कारण तपाईले धनको मामिलामा थुप्रै चुनौतीहरुको सामना गर्नुपर्नेछ। यस समयावधिमा तपाईलाई धन-हानि हुन् सक्छ। निकट मानिसहरुबाट तपाईलाई धोका हुन् सक्छ। सन्तान पक्षबाट शुभ समाचार मिल्नेछ। उनीहरुको खुशी र प्रगति देखेर मानसिक सन्तुष्टि मिल्नेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

तपाईको राशिको स्वामी बुध हो, त्यसैले गोचर तपाईको लागि चुनौतिपूर्ण साबित हुनेछ। यसको प्रभावले कार्यस्थलमा सहकर्मीसँग वादविवाद हुनसक्छ। साथै तपाईको खर्चमा अचानक वृद्धि हुन् सक्छ, जसकारण तपाई मानसिक तनावको सिकार हुन सक्नुहुन्छ। यो राशि परिवर्तन तपाईको दाम्पत्य जीवनको लागि अनुकूल हुनेछ। समाजमा तपाईको छवि राम्रो बन्नेछ। यो गोचरकालमा सम्पत्तिलाई लिएर केही ठूलो निर्णय हुन् सक्छ। घरजग्गा खरिद गर्दा खुसी दोब्बर हुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

बुध गोचरको प्रभावले तपाईको खर्च अचानक बढ्नेछ र यसको कारण तपाईको आर्थिक अवस्था बिग्रन सक्छ। यो अवधिमा तपाई आफ्नो विरोधीहरुसँग सावधान रहनुपर्नेछ। उनीहरुले तपाईविरुद्ध कुनै न कुनै योजना बनाउनेछन् तर तपाईले पूरा हिम्मतले डटेर सामना गर्नुहोला। यस समयमा बोलीमा पनि नियन्त्रण राख्नुपर्छ अन्यथा झगडामा पर्न सक्छ। तपाईको कटुवचनको कारण शत्रु बढ्न सक्छ। यसको नोक्सानी कार्यस्थलमा पनि बेहोर्नु पर्न सक्छ। यस अवधिमा तपाईले कडा परिश्रम गर्नुहुनेछ र मानिसहरूले तपाईको प्रशंसा पनि गर्नेछन्, जसका कारण तपाईको आत्मविश्वास बढ्नेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

यो गोचरको प्रभावले तपाईको आर्थिक स्थिति अझ मजबूत हुनेछ। तपाईको आम्दानीमा वृद्धि हुनेछ र कार्यस्थलमा पनि लाभ मिल्नेछ। व्यापार-व्यवसायमा संलग्न व्यक्तिहरुले पनि धेरै लाभ पाउनेछन्। कतैबाट अचानक धनलाभ हुनसक्छ। यसबाहेक केही व्यक्तिहरूले आफ्नो व्यवसायमा सानातिना परिवर्तन गर्नेबारे पनि सोच्नेछन्, जुन उनीहरूको लागि लाभदायक साबित हुनेछ। यो गोचर तपाईका सन्ततिका लागि राम्रो रहनेछ। बुधको प्रभावले छात्राको बुद्धि तेज हुनेछ र उनीहरुले प्रगति गर्नेछन्। प्रेम सम्बन्धमा रहेका समस्याहरु हटेर तपाईको सम्बन्ध मजबुत बन्नेछ। यस अवधिमा तपाईको यात्राको सम्भावना पनि बन्नेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

मकर राशिमा बुधको गोचर कन्या राशिका व्यक्तिहरूका लागि फलदायी साबित हुनेछ। यो गोचरको प्रभावले तपाईको पारिवारिक जीवनमा उतारचढाव आउन सक्छ। यस अवधिमा तपाईले सम्पत्तिको लाभ पनि पाउनुहुनेछ। यदि तपाई वाहन खरिद गर्नेबारे सोच्दै हुनुहुन्छ भने तपाईको लागि यो शुभ समय छ। तपाईले आफ्नो कार्यकुशलताले सबैलाई प्रभावित पारी राम्रो परिणाम हासिल गर्नुहुनेछ। व्यापारी तथा व्यवसायीहरुका लागि पनि यो गोचर लाभदायी साबित हुनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तुला राशिका व्यक्तिहरूलाई बुधको गोचरबाट राम्रो फल मिल्नेछ। अरुको अगाडि खुलेर आफ्नो कुरा राख्न सक्नुहुन्छ। यसले तपाईको आत्मविश्वास बढाउनेछ। आफ्नो काम छिटो गर्ने प्रयास गर्नुहुनेछ। यस समयमा भाग्यको पूर्ण साथ मिल्नेछ र प्रगतिको ढोका खुल्नेछ। भाग्योदय हुनुका साथै तपाईका रोकिएका कामहरु बन्न थाल्नेछन् र समाजमा तपाईको मान-सम्मान पनि बढ्नेछ। यस क्रममा केही पुराना साथीभाइसँग पनि भेटघाट हुनसक्छ। मानिसहरुमाझ तपाईको लोकप्रियता पनि बढ्नेछ। दाजुभाई तथा दिदीबहिनीसँग तपाईको सम्बन्ध थप मजबूत हुनेछ। वैदेशिक सम्पर्कबाट पनि लाभ मिल्नेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

बुधको गोचरले तपाईको आर्थिक अवस्था राम्रो हुनेछ। आम्दानी बढेर लाभ मिल्नेछ। यस समयावधिमा तपाईले राम्रो बचत गर्नुहुनेछ, जसले तपाईको स्थितिलाई अझ बलियो बनाउनेछ। यसको लाभ तपाईको परिवारलाई पनि मिल्नेछ। तपाईको परिवारमा केही नयाँ काम हुन् सक्छ, जसमा तपाईको उपस्थिति अनिवार्य हुनेछ। यस अवधिमा तपाईले परिवारप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्नुहुनेछ र मानिसहरूले तपाईलाई सम्मान गर्नेछन्।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

धनु राशिका व्यक्तिहरूले यो गोचरकालमा नयाँ व्यक्तिहरुसँग भेटघाट गर्ने अवसर पाउनेछन्। नयाँ साथीहरु बनाउनुहुनेछ र तपाईको सामाजिक स्थितिमा सुधार हुनेछ। व्यापारको दृष्टिकोणले यो गोचर तपाईको लागि निकै उपयोगी हुनेछ। निरन्तर प्राप्त हुने लाभले तपाईलाई अत्यन्तै प्रसन्नता दिनेछ। दाम्पत्य जीवनमा आउने समस्याहरु हट्नेछन्। यस समयमा आफ्नो जीवनसाथीको स्वास्थ्यको विशेष ख्याल गर्नुहोस्। कार्यस्थलमा अवस्था बलियो हुनेछ तर तपाईले आफैंमा ध्यान दिन आवश्यक छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

यो राशि परिवर्तनसँगै तपाईको शत्रुहरुको संख्या बढ्नेछ र तपाईले तिनीहरुको डटेर सामना गर्नुहुनेछ। यस समयावधिमा तपाईको खर्चमा बढोत्तरी हुनेछ, त्यसैले आफ्नो बचत गर्नु राम्रो हुनेछ। तपाईको आर्थिक स्थितिमा कुनै नकारात्मक प्रभाव पर्नेछैन। यस समयमा तपाईको काममा कुनै बाधा आउने छैन। बुधको यो गोचरले तपाईंलाई ऋणबाट मुक्ति पनि दिन सक्छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

बुधको यस गोचरमा विद्यार्थीलाई लाभ मिल्नेछ, बहुराष्ट्रिय कम्पनीबाट रोजगारीको अवसर प्राप्त हुन् सक्छ। यस अवधिमा तपाईले आफ्नो स्वास्थ्यको निकै ख्याल गर्नुपर्नेछ। त्यसैले सन्तुलित भोजनको सेवन गर्नुहोला। यस अवधिमा तपाईको खर्चमा वृद्धि हुन् सक्छ या तपाईले आर्थिक नोक्सानीको सामना गर्नुपर्नेछ। त्यसैले आर्थिक मामिलाहरुमा अल्लि सावधानी अपनाउनुहोला।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मकर राशिमा बुधको गोचरले यस अवधिमा तपाईको कडा परिश्रमको सकारात्मक परिणाम दिनेछ। साथै तपाईको मनोकामना पुरा हुनेछ। व्यावसायिक रुपमा हेर्दा कार्यस्थलमा प्रसिद्धि मिल्नेछ। घरजग्गाबाट पनि लाभ हुने प्रबल सम्भावना छ। विद्यार्थीहरूका लागि यो समय अनुकूल सिद्ध हुनेछ। यस अवधिमा समाजमा तपाईको सम्मान बढ्नेछ र तपाईलाई आफ्नो परिवारको पूर्ण सहयोग प्राप्त हुनेछ।

अर्को समाचार:

मंसिर २७ गतेको राशिफल: मंगलबार शुभ-अशुभ कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !