सन् २०२३ मा यी राशिमा रहनेछ माता लक्ष्मीको कृपा, वरदान साबित हुनेछन् ३६५ दिन !

अबको केही दिनपछि नयाँ वर्ष सन् २०२३ सुरु हुँदैछ । ज्योतिष शास्त्र अनुसार सन् २०२३ मा लक्ष्मीको विशेष आशीर्वाद केही राशिमा रहनेछ । माता लक्ष्मीलाई धनकी देवी भनिन्छ । जसलाई माता लक्ष्मीको कृपा मिल्छ, उसको जीवन सुखमय हुने धार्मिक मान्यता रहेको छ । ग्रहहरूको चलनका कारण धन लाभ वा हानि हुने योग रहेको छ । सन् २०२३ मा ग्रहहरूको चालको कारण केही राशिका लागि निकै शुभ रहनेछ । जान्नुहोस् सन् २०२३ मा कुन-कुन राशिमा धनकी देवी लक्ष्मीको कृपा रहनेछ ?

मेष राशि 

जग्गाजमिनको कामबाट लाभ मिल्नेछ । मान सम्मान बढ्नेछ । नयाँ योजना बन्नेछन्। यो समय यस राशिको लागि राम्रो छ। काममा उच्च अधिकारीसँगको सम्बन्ध सुमधुर रहनेछ । व्यापारका दृष्टिले यो समय राम्रो छ । पुरानो साथीसँग भेटघाट हुनसक्छ ।

मिथुन राशि 

भाग्यले साथ दिनेछ। रोकिएको पैसा फिर्ता हुनेछ। यो समय यस राशिको लागि शुभ रहनेछ। रोग आदि पत्ता लाग्नेछ र छिट्टै छुटकारा मिल्नेछ। नयाँ योजना बन्नेछ, जुन भविष्यमा लाभदायक हुनेछ।

सिंह राशि 

कुनै पनि चिन्ताबाट मुक्ति पाउन सक्नुहुन्छ। आर्थिक स्थितिमा परिवर्तन आउन सक्छ। यात्रामा  जानुपर्ने हुनसक्छ । कार्य क्षेत्रमा उच्च अधिकारीसँगको सम्बन्ध सुमधुर रहनेछ । आर्थिक अवस्था राम्रो रहनेछ। घरजग्गाको कारोबार गर्न सकिनेछ । खरिद–बिक्रीबाट लाभ लिन सकिनेछ ।

मीन राशि 

यस समयमा लिइएका निर्णयहरूले ठूलो फाइदा दिनेछ। पुराना रोकिएका कामहरु पुरा हुनेछन् । धन लाभ हुन सक्छ। यस समयमा ऋणबाट पनि चुक्ता हुन्छ । रमाइलो वातावरण रहनेछ। मान सम्मान बढ्नेछ । कार्य क्षेत्रमा उच्च अधिकारीहरू खुसी हुनेछन्।

अर्को समाचार:

मंसिर २५ गतेको राशिफल: आइतबार शुभ-अशुभ कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !