विवाह गर्दै हुनुहुन्छ यस्ता कुरामा ध्यान दिनुहोस्, अन्यथा जीवन कुरूप हुनसक्छ – चाणक्य नीति !

चाणक्यले आफ्नो नीति शास्त्रमा वैवाहिक जीवनको बारेमा धेरै कुराको बारेमा विस्तृत बयान गरेका छन्। यसका साथै उनले विवाहको बारेमा पनि केही कुरा बताएका छन् । आचार्य चाणक्यका यी कुराहरु पालना गर्नाले मानिसले सुखी दाम्पत्य जीवन बिताउन सक्ने भनाइ रहेको छ । चाणक्य नीतिमा यो बताइन्छ कि बुद्धिमान व्यक्तिले विवाहको लागि कस्तो केटी रोज्नुपर्छ।

आचार्य चाणक्यले भनेका छन् कि ज्ञानी पुरुषले कुलको परिवारमा जन्मेकी युवतीसँग विवाह गर्नुपर्छ तर कुलको मान्यता नराख्ने परिवारमा जन्मेको  केटीसँग विवाह गर्नु हुँदैन । चाणक्यका अनुसार विवाह सधैँ आफ्नो कुलमा नै हुनुपर्छ । यहाँ परिवारको अर्थ सम्पत्तिबाट-जात बाट भन्दा पनि  परिवारको चरित्रबाट हुनु पर्दछ ।

पुरुषले विवाहका लागि सधैँ मन-व्यवहारको सुन्दर केटी रोज्छन् । सुन्दरताको अगाडि कयौँ पटक मानिसले न केटीको गुण देख्छन् न त उनको कुल। आचार्य चाणक्य भन्छन्, यस्तो केटीसँग विवाह गर्दा सधैँ पीडा हुन्छ। चाणक्यका अनुसार कुलको मान्यता नराख्ने  युवतीसँग सम्बन्ध बनाउने युवाको जीवन र आउने सन्तानको शिक्षा पनि कुल बाहिर कै हुन्छ।

चाणक्यको नीति अनुसार उच्च र श्रेष्ठ कुलको केटीको आचरण उसको आफ्नै कुल अनुसार हुनेछ, चाहे त्यो केटी कुरूप र सुन्दरताहीन किन नहोस् । जुनसुकै काम गरे पनि परिवारको इज्जत बढ्छ र नीच कुलमा हुर्केकी छोरीले आफ्नो व्यवहारले परिवारको इज्जत बिगार्छ । आचार्य चाणक्यका अनुसार आफ्नै कुलमा विवाह गर्नु उपयुक्त हुन्छ ।

अर्को समाचार:

हिजोबाट ‘लक्ष्मी नारायण राजयोग’ बन्दै, यी ३ राशिको हुनेछ भाग्योदय !