नयाँ वर्षबाट आफ्नो चाल बदल्दै मंगल देव, यी ३ राशिका मानिस हुनेछन् मालामाल !

ज्योतिषशास्त्रमा मंगललाई ग्रहहरूको सेनापति भनिन्छ। मंगल ग्रहलाई साहस, ऊर्जा, भूमि र बहादुरी आदिको कारक मानिन्छ। ज्योतिषीहरुका अनुसार जसको कुण्डलीमा मंगल ग्रहको स्थिति शुभ हुन्छ, उसको जीवनमा आर्थिक समस्या कम हुन्छ। मंगल ग्रह निश्चित अवधिमा एक राशिबाट अर्को राशिमा प्रवेश गर्छ। नयाँ वर्ष २०२३ को पहिलो महिना अर्थात जनवरीमा नै मंगल ग्रहको चालमा परिवर्तन हुनेछ। १३ जनवरी, २०२३ मा मंगल ग्रह वृष राशिमा प्रवेश गर्नेछ, जसले सबै १२ राशिलाई असर गर्नेछ। मंगल ग्रहको राशि परिवर्तनले कुन राशिलाई फाइदा पुग्छ भन्ने जान्नुहोस्-

कर्कट राशि

कर्कट राशिमा मंगल ग्रहको मार्गी हुँदा कर्कट राशिका लागि लाभदायक हुनेछ। मंगलदेव कर्कट राशिको ११ औं घरमा प्रवेश हुनेछन्। ११ औं घरलाई लाभको स्थान मानिन्छ। यस्तो अवस्थामा यस समयमा आर्थिक लाभका साथ काममा सफलता मिल्नेछ। कम मेहनतले पनि अधिक धन लाभ प्राप्त गर्न सकिन्छ। व्यापारीले नाफा कमाउनेछन्।

सिंह राशि

सिंह राशिका लागि मंगल ग्रहको गोचर शुभ साबित हुन सक्छ। यस अवधिमा तपाईंले नयाँ कामको प्रस्ताव प्राप्त गर्न सक्नुहुन्छ। लामो समयदेखि रोकिएका कामहरु सम्पन्न हुनेछन्। व्यापारमा लाभ हुनेछ। सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ।

कन्या राशि

कन्या राशि हुनेहरुका लागि नयाँ वर्षमा मंगलको गोचर लाभदायी रहनेछ। यस समयमा भाग्यको सहयोगले आकस्मिक आर्थिक लाभ हुने सम्भावना छ। यात्रामा लाभ मिल्नेछ। केही शुभ समाचार प्राप्त हुन सक्छ।

अर्को समाचार:

महिनाको अशुभ राशि: वर्षको अन्तिम डिसेम्बर महिना यी ३ राशि रहनुहोस् सावधान, कुन-कुन ?