डिसेम्बरमा सूर्य, बुध र शुक्र ग्रहले राशि परिवर्तन गर्दै, यी राशिलाई मिल्नेछ शुभ फल !

ज्योतिष शास्त्रका अनुसार हरेक ग्रहले आफ्नो निश्चित समयावधिमा राशि परिवर्तन गर्छ । जब कुनै ग्रहले राशि ओअरिवार्तन गर्दछ त्यसको प्रभाव  सबै १२ राशिमा पर्दछ । डिसेम्बरमा धेरै ग्रहहरूले आफ्नो राशि परिवर्तन गर्नेछन्। जसमा मुख्य ग्रहहरू सूर्य, बुध र शुक्र हुन्। सन् २०२२ को अन्तिम महिनामा तीन प्रमुख ग्रहको गोचरका कारण केही राशिका लागि शुभ दिन सुरु हुन सक्छ ।

ज्योतिष शास्त्र अनुसार डिसेम्बर महिनामा बुध तीन पटक, शुक्र दुई पटक र सूर्य एक पटक गोचर हुनेछ। सूर्य, बुध र शुक्रको गोचरले नयाँ वर्षमा केही राशिका लागि शुभ परिणाम ल्याउन सक्छ। जान्नुहोस् डिसेम्बरमा ग्रहको स्थिति परिवर्तनले कुन राशिलाई लाभ हुन्छ-

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका लागि डिसेम्बर महिना शुभ फलदायी साबित हुन् सक्छ। किनकी कुण्डलीमा सूर्यदेवको स्थिति निकै बलवान् हुनेछ। यसका साथै कार्य–व्यवसायमा राम्रो सफलता मिल्नेछ। यो महिना भाग्यले पनि साथ दिनेछ। यसका साथै करियरमा केही नयाँ जिम्मेवारी पनि पाउन सकिन्छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिका लागि डिसेम्बर महिना लाभदायी साबित हुन सक्छ। सूर्य र चन्द्रमाको संयोग तपाईको लागि लाभकारी सिद्ध हुन् सक्छ। साथै यस समयमा भौतिक सुख-सुविधा प्राप्त हुनेछ। साथै यस अवधिमा सवारी साधन र जग्गा-जमिन खरिद-बिक्रीको मन बन्न सक्छ। यस समयमा मान-सम्मानमा वृद्धि हुनेछ। साथै राजनीतिमा सक्रिय व्यक्तिहरूले नयाँ पद पाउन सक्छन्।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिका लागि डिसेम्बर महिना अनुकूल सिद्ध हुन् सक्छ। यो महिना अचानक आर्थिक लाभ हुन सक्छ। योसँगै पुरानो लगानीबाट पनि लाभको योग बनेको छ। व्यापार-व्यवसायमा व्यक्तिहरुले यो महिना विशेष मुनाफा कमाउनेछन्। यो महिना तपाईले आफ्नो कारोबार विस्तार पनि गर्न सक्नुहुन्छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तुला राशिका व्यक्तिहरूलाई डिसेम्बर महिनामा भरपूर आर्थिक लाभ हुन् सक्छ। यससँगै अलपत्र परेका कामहरू पूरा हुनेछन्। लामो समयदेखि कतै रोकिएको धन फिर्ता हुनेछ। व्यापार व्यवसाय गर्नेलाई धेरै फाइदा हुनेछ। शुक्रको प्रभावले आर्थिक लाभ हुनेछ। साथै, यो महिना तपाईले व्यापारिक कामको लागि सानो वा ठूलो यात्रा पनि गर्न सक्नुहुन्छ।

अर्को समाचार:

मंसिर १५ गते बिहीबार शुभ-अशुभ कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !