आज बिहानबाट सुख, धनको कारक शुक्र ग्रहको उदय, यी राशिलाई पर्नेछ शुभ प्रभाव !

ज्योतिष शास्त्रमा शुक्र ग्रहलाई सुख, धन, विलास, सौन्दर्य, भौतिक सुख र ऐश्वर्य आदिको कारक मानिएको छ । शुक्र वृश्चिक राशिमा उदय हुनेछ । शुक्र अक्टोबर २ आइतबार बिहान ५ बजेर ५० मिनेटमा अस्ताएको थियो भने डिसेम्बर २० गते बिहान ५ बजेर ५१ मिनेटमा उदाएको छ । ५० दिन पछि शुक्र ग्रहको उदयले धेरै राशिका व्यक्तिहरूको लागि राम्रो शुभ समया ल्याउन सक्छ। जान्नुहोस् कुन राशिका मानिसलाई फाइदा हुन्छ ।


तुला राशि- तुला राशिको दोस्रो घरमा शुक्रको उदय भएको छ। शुक्र ग्रहको प्रभावले अचानक धनलाभ हुन सक्छ। आम्दानीका साधनमा वृद्धि हुनेछ । काम गर्नेहरुले नयाँ कामको अवसर पाउन सक्नेछन् । व्यापारीले मनग्य नाफा कमाउनेछन् ।

मकर राशि- मकर राशिको एघारौं घरमा शुक्रको उदय भएको छ । यस समयमा आर्थिक स्थितिमा सुधार आउनेछ। अधुरा कामहरु पुरा हुनेछन् । व्यापारीको कामले गति लिनेछ । श्रमिकको आम्दानीमा वृद्धि हुनसक्छ ।

कुम्भ राशि- शुक्र यस राशिको दशौं घरमा उदय भएको छ। शुक्रको उदयले कार्यस्थलमा प्रशंसा पाउन सकिनेछ। काममा उन्नतिको सम्भावना छ । भाग्यले साथ दिनेछ। सुख सुविधामा बृद्धि हुनेछ।

मीन राशि- मीन राशिको नवौं घरमा रहेको शुक्रको उदयले फाइदा हुनेछ। शुक्रको प्रभावले भाग्यमानी साबित हुनेछ । नोकरी तथा व्यवसायमा प्रगति हुनेछ । यात्रामा जाने अवसर मिल्नेछ ।

अर्को समाचार:

आइतबारसम्म यी ४ राशिलाई अत्यन्तै शुभ हुँदै, हुनेछ खुब लाभ साथै अप्रत्याशित धनलाभ !