दैनिक गर्नुहोस् भोलेनाथसँग सम्बन्धित यी काम, बिग्रिएको काम पनि क्षणभर मै बन्नेछ !

भगवान शिवलाई धेरै नामले चिनिन्छ। महादेव, भोलेशंकर, देवताहरूका भगवान जस्ता प्रसिद्ध नामहरू मध्ये एक हुन्। भगवान शिवलाई प्रसन्न गर्न धेरै सहज छ भनी शास्त्रमा वर्णन गरिएको छ। एक गिलास पानी पिएर पनि भोलेनाथा खुसी हुन्छ। यस्तो अवस्थामा कुनै पनि मनोकामना पूरा गर्न र भोलेनाथको कृपा प्राप्त गर्न मन्त्र जपको महत्त्व शास्त्रमा बताइएको छ ।

-पहिलो तरिका हो , प्रत्येक शनिबार बिहानै उठेर नुहाएर चोखो कपडा लगाउनुहोस् । त्यसपछि शुद्ध जलमा कालो तिल मिसाएर ॐ नम: शिवाय मन्त्रको जप गर्दै शिवजीलाई चढाउनुभयो भने सफलताको बाटोहरू खुल्नेछ ।

-त्यसैगरी दोस्रोमा शनिवारको दिन नै यसरी नै चोखोनितो भई कालो तिल, कालो मासलाई कालो कपडामा बेरेर कुनै गरिब व्यक्तिलाई दान गर्नुभयो भने अर्को सफलताको बाटो पनि भेट्नुहुनेछ ।

-त्यस्तै तेस्रो उपाय भनेको शनिवार दिन नै दुधमा कालो तिल मिसाएर पिपललाई चढाएमा पनि तपाईले गरेको पाप नास भई पुण्य प्राप्त हुन्छ ।

-चौथोमा यदि तपाईमा राह केतु र शनिको ग्रहले अगाडि बढ्न दिएको छैन भने पनि शनिबारको दिन तिल दान गर्नाले पनि यो सबै हटेर जान्छ । त्यसै गरी यदि तपाईमा शनिको सांढेसाती समय चलिरहेको छ भने कुनै पवित्र नदीमा कालो तिल चढाउनु भयो भने पनि यो सबै हटेर जानेछ । जसको कारण सफलताको बाटोहरू खुल्नेछ ।

ज्योतिष शास्त्रका अनुसार भगवान शिवको नियमित पूजाका साथसाथै उहाँको चालिसा जप, मन्त्र र १०८ नामको जप गर्नाले मानिसलाई सबै समस्याबाट मुक्ति मिल्छ । यससँगै सुख समृद्धि प्राप्त हुन्छ ।

अर्को समाचार:

सुरु हुँदैछ ‘अग्नि पञ्चक’, भुलेर पनि नगर्नुहोस् यस्ता कार्य: अन्यथा जीवनभर भोग्नु पर्नेछ नोक्सानी !