शुक्र-मंगल ग्रह मिलेर अबको दुई साता ‘राजयोग’ बनाउँदै, यी ३ राशिलाई हुनेछ अत्यन्तै शुभ !

ज्योतिषशास्त्रका अनुसार दुई ग्रह एकै राशिमा प्रवेश गर्दा राजयोगको निर्माण हुने गर्दछ । यदि दुवै ग्रह एक-अर्काको पक्षमा छन् भने राजयोग अझ प्रभावकारी मानिन्छ। नोभेम्बर १३ मा मंगल ग्रहले वृष राशिमा प्रवेश गरी राजयोगको निर्माण गरेको थियो । यो राजयोग डिसेम्बर ५ तारिखसम्म  प्रभावकारी रहनेछ।

त्यसपछि शुक्र धनु राशिमा प्रवेश गर्नेछ। अहिलेको ग्रहको स्थितिको कुरा गर्दा मंगल ग्रह शुक्रको राशिमा र शुक्र मंगल राशिमा विराजमान भएकाले दुवैको एक-अर्कामा नजर परेको छ। शुक्र र मंगलबाट बनेको राजयोग धेरै राशिका लागि शुभ साबित हुनेछ। जान्नुहोस् कुन-कुन राशि छन् ?

वृष राशि

मङ्गल वृष राशिको आरोही घरमा र शुक्र सातौँ भावमा गोचर गर्दैछ। यस अवधिमा तपाईको साहस र पराक्रम बढ्नेछ। सुख सुविधामा खर्च हुनेछ । अविवाहितको विवाह तय हुन सक्छ। महिला मित्रको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । सुन्दरता सम्बन्धित व्यक्तिहरूको लागि समय राम्रो छ।

कर्कट राशि

कर्कट राशिको पाँचौँ घरमा शुक्र र एघारौं घरमा मंगल छ। प्रेमी-प्रेमिकाका लागि यो समय उत्कृष्ट रहनेछ। महिला व्यवसायीहरूले ठूलो अर्डर प्राप्त गर्न सक्छन्। यो ट्रान्जिट महिला वर्गका लागि विशेष लाभदायक साबित हुनेछ। करियरमा लाभ मिल्नेछ ।

धनु राशि 

 

मंगल ग्रह धनु राशिको छैटौं घरमा र शुक्र १२ औं घरमा गोचर गर्दैछ। ज्योतिषशास्त्रका अनुसार यी दुवै ग्रह धनु राशिका व्यक्तिका लागि निकै लाभदायक साबित हुनेछन् । धनु राशिका व्यक्तिहरूले यस समयमा भौतिक सुख प्राप्त गर्न सक्छन्। रोकिएको काम पूरा हुनसक्छ । व्यापारी वर्गका लागि यो समय शुभ रहेको छ । रोजगारीको खोजीमा रहेकाले शुभ समाचार प्राप्त हुनेछन् ।

अर्को समाचार:

मंसिर ७ गतेको राशिफल, बुधबार शुभ-अशुभ कस्तो रहला दिन हेर्नुहोस् राशिफल !