डिसेम्बर महिना यी राशिलाई धन लाभको प्रवल योग, कुन-कुन राशि !

वैदिक ज्योतिष शास्त्र अनुसार डिसेम्बर महिनामा करिब ६ वटा ग्रहले राशि परिवर्तन गर्दैछ । जसमा सूर्य, बुध र शुक्र ग्रहहरू समावेश छन्। डिसेम्बर महिनाको सुरुमा र अन्त्यमा बुध र शुक्र ग्रहले राशि परिवर्तन गर्दैछ । यसरी यी ग्रहहरू दुई पटक राशि परिवर्तन गर्ने छन्। डिसेम्बर महिनाको सुरुवात केही राशिका लागि शुभ साबित हुनेछ।

मेष राशि

मेष राशिका व्यक्तिहरूका लागि डिसेम्बर महिना शुभ साबित हुनेछ। यस अवधिमा हरेक क्षेत्रबाट सकारात्मक परिणाम प्राप्त गर्नुहुनेछ। रोकिएका काम पुरा हुनेछन् । नजिकका व्यक्तिको सहयोग मिल्नेछ । यात्राको सम्भावना छ । धनको मामिलामा सजग रहनुहोला, अन्यथा धन हानि हुनसक्छ ।

सिंह राशि

सिंह राशिका व्यक्तिहरूको लागि डिसेम्बर महिनाले जीवनमा खुशी ल्याउन सक्छ। यो समयमा अचानक आर्थिक लाभ मिल्नेछ। मान सम्मानमा बृद्धि हुनेछ । शत्रुहरूमाथि विजय प्राप्त हुनेछ। शुभ समाचार पाउन सकिन्छ ।

वृश्चिक राशि

वृश्चिक राशिका व्यक्तिहरूको लागि डिसेम्बर महिनामा आर्थिक लाभको प्रबल सम्भावना छ। यस अवधिमा तपाईंले लगानीको पूर्ण लाभ पाउनुहुनेछ। साथीभाइको सहयोगले लाभको सम्भावना छ । करियरमा नयाँ अवसरहरु फेला पर्न सक्नेछन् ।

मीन राशि

मीन राशिका लागि मंसिर महिना लाभदायी रहनेछ। यो महिना तपाईको आम्दानी बढ्नेछ। लगानीबाट लाभ मिल्नेछ । करियरमा प्रगति हुनसक्छ । श्रमजीवीले उन्नति पाउन सक्छन् ।

अर्को समाचार:

अस्त शुक्र उदय हुनासाथ चम्किनेछ यी ४ राशिको भाग्य, हेर्नुहोस् कुन-कुन राशि ?