मंसिर महिनाको पहिलो साता शुभ-अशुभ कस्तो रहला, हेर्नुहोस् साप्ताहिक राशिफल !

काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?

साताको राशिफल : – मङ्सिर ३ देखि ९ गतेसम्म

ज्योतिषाचार्य दामोदरनाथ लोहनी

साताका चाड : – ४ गते उत्पत्तिका एकादशी व्रत । ५ गते सोम प्रदोष व्रत । ६ गते बाला चतुर्दशी, सतबीज छर्ने (बालाच¥हे पूजा) । ७ गते दर्श श्राद्ध । ९ गते चन्द्रोदय ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

यो साता समस्या त धेरै आउनेछन् तर त्यसलाई समाधान गर्न नसकिने होइन । परिश्रम बढी पर्ला । खर्च पनि त्यत्तिकै होला । परिवारबाट सन्तोष हुने देखिन्न । पूर्वाद्र्ध राम्रो भए पनि उत्तराद्र्ध समस्याग्रस्त छ । भगवतीको दर्शन र आराधना गरिरहे कठिन समस्याबाट समेत मुक्ति पाइनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

यो साता खर्च बढी होला भने बेकारका यात्रा पनि प्रशस्त हुनेछन् । स्वास्थ्य स्थिति अझैँ सप्रिएको छैन । विशेषगरी परिवारको चिन्ताले सताउला । इन्द्राणीको दर्शन गरिरहनुहोस् । शिक्षाको क्षेत्रमा राम्रो छ । पढ्ने र लेख्नेतिर मन लगाएमा प्रशस्त प्रगति हुने स्थिति छ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

साताका सुरुका दिनमा स्वास्थ्यमा गडबढी हुनसक्छ । स्वास्थ्यकै कारणले निकै खर्चसमेत गर्नुपर्ने स्थिति छ । साताको अन्त्यमा केही सुधार होला । व्यापारसम्बन्धी काममा निकै अप्ठेरा आउनेछन् । नारायणको आराधना गर्नुहोस् । पारिवारिक सन्तोष हाललाई ज्यादै न्यून मात्र देखिन्छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

साताको सुरुमा केही काम बन्नेछन् र मन प्रसन्न पनि होला तर सोमबारदेखि समस्या देखापर्ने छन् । स्वास्थ्यमा बाधा आउनुका साथै लक्ष्य पूर्ति गर्नसमेत विलम्ब हुन जाला । यो सातामा सोचेभन्दा खर्च बढ्ने देखिन्छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

खर्च भए पनि यो साता केही काम बन्नेछन् तर व्यक्तित्वमा त्यति ठूलो विकास देखिँदैन । प्रतिष्ठा बढ्ने समय छैन बरु पछाडि बसेर काम बिगारिदिनेहरू धेरै छन् । नित्य गणेशको दर्शन गर्नुहोस् र गणेश स्तोत्रको पाठसमेत गर्नुहोस् । मित्र र परिवारबाट भने राम्रै सहयोग पाइनेछ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

सातालाई नराम्रो भन्न सकिँदैन । रमाइला कार्यक्रम प्रशस्त पर्नेछन्। पढाइ एवं लेखाइमा निकै समय जाला। सम्मान र प्रतिष्ठामा बढोत्तरी हुने समय छ। स्वास्थ्यको स्थिति भने हाल मध्यम खालको देखा पर्छ। पढाइमा भन्दा लिपिबद्ध गर्ने काममा बढी समय जाला।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

यो साता खर्च बढी नै हुनेछ, जति घटाउन खोजे पनि सकिने छैन । सानातिना चोटपटक लाग्ने सम्भावना अझैँ टरेको छैन । मित्र सहयोगभन्दा शत्रु बाधा नै बढी हुनेछ । हरेक दिन गणेशको दर्शन गर्नु नितान्त आवश्यक छ । परिवारको सहयोगले मात्रै केही काममा सफलता पाइनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

यो साता मनमा डर लागिरहला । तैपनि बिग्रने समय छैन । हिँडाइ भने प्रशस्त होला । यात्राको सम्भावना निकै छ । त्यस्तै विवाह र प्रेमसम्बन्धी कुरामा पनि प्रगति हुन सक्छ । स्वास्थ्यका बारेमा सतर्क हुनुहोस् । व्यापार, व्यवसायमा भने सामान्य लाभ मात्र लिन सक्नु हुनेछ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

यो साता आय र व्यय बराबरैजस्तो छ । वैदेशिक व्यापारमा विशेष फाइदा होला भने परिवारको समस्या हल गर्नका निमित्त धेरै समय दिनुपर्नेछ । शिक्षाको क्षेत्रमा अझैँ पनि आउनुपर्ने गति आएको छैन । विवाहसम्बन्धी कुरा पनि अल्झिन सक्छ ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

यो साता गरेका काम आंशिक रूपमा बन्नेछन् । खर्च प्रशस्त नै गर्नुपर्नेछ । नोकरीबाट त्यति सन्तोष देखिँदैन । स्थानान्तरणको कुरासमेत कानमा पर्न सक्छ । यात्रा हुने सम्भावना टरेको छैन । व्यापारबाट हाल सामान्य लाभ मात्र देखा पर्छ ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

चन्द्रमाको स्थिति राम्रो नभएकाले मनमा चिन्ता परिरहला । आँटेका काम पूरा हुने छैनन् । शिवजीको आराधनाबिना कुनै पनि काममा सफलता पाइने छैन । शिक्षाको क्षेत्रमा समेत हाल सीमित प्रगति मात्र छ । साताको अन्त्यमा भने उज्यालो देख्न पाइएला।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

पहिलेको जस्तो जटिल समस्या छैन । धेरै कठिनाइ हटेर जानेछन् । मित्र सहयोग राम्ररी नै पाइएला । पढाइतिर ध्यान दिएमा केही नयाँ कुराको ज्ञान थपिन सक्छ । सूर्यको आराधना भने गरिरहनुहोस् । नोकरीबाट हाल फाइदा हुने स्थिति छ ।

अर्को समाचार:

डिसेम्बर महिना यी ७ राशिको जीवनमा हुनेछ सकारात्मक परिवर्तन, जान्नुहोस् कुन-कुन राशि ?