शनिको राशि परिवर्तनबाट यी ३ राशिलाई अशुभ हुँदै, बढ्नेछ शारीरिक तथा आर्थिक कठिनाइ !

धार्मिक मान्यता अनुसार शनि ३० वर्षपछि आफ्नै राशि कुम्भ राशिमा प्रवेश गर्न लागेका हुन् । शनिको गोचर १७ जनवरी २०२३ मा हुनेछ। अहिले शनि मकर राशिमा विराजमान छन् । शनिको राशि परिवर्तन हुन् साढे दुई वर्ष लाग्छ। शनिले एउटा राशि चक्र पूरा गर्न करिब ३० वर्ष लाग्छ।

ज्योतिषीहरुका अनुसार शनिको राशि परिवर्तनले  पाँच राशिलाई प्रत्यक्ष असर गर्छ । केही राशिमा शनिको साढे सती सुरु हुन्छ भने केही राशिमा शनि ढैय्या सुरु हुन्छ। शनिको कुम्भ राशिमा प्रवेश भएसँगै कुम्भ, मकर र मीन राशिका लागि शनिको साढे साती सुरु हुनेछ भने कर्कट र वृश्चिक राशिका लागि शनि ढैय्याको  सुरुवात हुनेछ ।

कुम्भ राशिमा शनिको प्रवेश भएसँगै कर्कट र वृश्चिक राशि हुनेलाई साढे दुई वर्षको शुभ प्रभाव पर्नेछ । शनि साढे सातिबाट पीडित व्यक्तिले आर्थिक, शारीरिक तथा मानसिक समस्याको सामना गर्नु पर्नेछ। यस समयमा परिवारको शान्तिमा खलल पुग्न सक्छ। शनि ढैय्याबाट प्रभावित हुनेहरूलाई व्यापार र जागिरमा समस्या आउनेछ। त्यस्तै मीन राशिका लागि शनि साढे सातिको पहिलो चरण सुरु हुनेछ। यस अवधिमा यस राशिसँग सम्बन्धित व्यक्तिहरूको समस्या पनि बढ्न सक्छ।

अर्को समाचार:

आजबाट यी राशिका व्यक्ति पर्नेछन् समस्यामा, सूर्य देवको पर्नेछ अशुभ दृष्टि !