आगामी साताबाट यी राशिको शुभ दिन सुरु हुँदै, बृहस्पति देव हुनेछन् दयालु !

वैदिक ज्योतिषमा देवगुरु बृहस्पतिलाई सबैभन्दा शुभ र फलदायी ग्रह मानिएको छ। भनिन्छ, जसको कुण्डलीमा बृहस्पति उच्च स्थानमा विराजमान हुन्छ, उसलाई सधैँ धन र सम्मान मिल्छ। बृहस्पति ग्रहलाई धन, वैभव, ऐश्वर्य र वैभव आदिको कारक मानिन्छ। नोभेम्बर २४ मा बृहस्पति प्रतिगामी हुँदैछ। गुरुको स्थान परिवर्तनबाट ​​केही राशिका व्यक्तिको आर्थिक स्थितिमा सुधार आउनेछ । जान्नुहोस् कुन-कुन राशि ?

मेष राशि 

यो राशिको कुण्डलीमा बृहस्पति १२ औँ घरमा प्रवेश गरिरहेको छ । यस समयमा आर्थिक रुपमा लाभ प्राप्त गर्न सक्नुहुन्छ। लामो समयदेखि रोकिएको कुनै काम बन्न सक्छ। आमाको स्वास्थ्यमा सुधार आउनेछ । परिवारमा शुभ कार्यक्रम हुनसक्छ । श्रमजीवीले उन्नति पाउन सक्छन् । काममा नयाँ अवसर मिल्नेछ ।

कर्कट राशि  

यस राशिका मानिसहरुको भाग्य बृहस्पति देवको निर्देशनमा रहेको छ । यस्तो अवस्थामा समस्याको अन्त्य हुनेछ । भाग्यले साथ दिनेछ। कार्यस्थलमा केही कामको सिलसिलामा यात्रा गर्नुपर्ने हुन सक्छ। प्रतियोगी परीक्षाको तयारी गर्नेहरूले राम्रो समाचार पाउन सक्छन्। सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ ।

कन्या राशि 

कन्या राशिको सातौँ घरमा देवगुरु बृहस्पति मार्गमुखी हुनेछ । यस्तो अवस्थामा शुभ फल प्राप्त हुन्छ । दाजुभाइ तथा दिदीबहिनीको सहयोग मिल्नेछ । काम गर्ने व्यक्तिले उच्च अधिकारीको सहयोग प्राप्त गर्नेछन्। धार्मिक कार्यक्रम आयोजना गर्न सकिनेछ ।

सिंह राशि

देवगुरु बृहस्पतिको राशि परिवर्तनबाट यस राशिको जीवनमा खुसी आउन सक्छ। बृहस्पति यस राशिको छैटौँ घरमा विराजमान हुँदैछ। यस समयमा नयाँ कामको प्रस्ताव आउन सक्छ। आम्दानीमा वृद्धिको सम्भावना रहनेछ । लगानीबाट लाभ मिल्नेछ ।

वृश्चिक राशि 

 

बृहस्पति यस राशिको पाँचौँ घरमा विराजमान हुनेछ। यस अवधिमा वृश्चिक राशिका व्यक्तिलाई भाग्यले साथ दिनेछ । नयाँ कामको थालनी सम्भव छ। महिलाहरुका लागि बृहस्पति ग्रह निकै शुभ रहनेछ । मान सम्मानमा वृद्धि हुनेछ । कार्यस्थलमा नयाँ जिम्मेवारी पाउन सकिनेछ ।

अर्को समाचार:

आजबाट ग्रहको राजा आफ्नो स्थान परिवर्तन गर्दै, जान्नुहोस् कस्तो रहला १२ राशिको अवस्था !