सम्सप्तक राजयोग बन्दा ३ राशिको भाग्य चम्किँदै, ग्रहहरूको अधिपतिको हुनेछ विशेष कृपा !

वैदिक ज्योतिषका अनुसार ग्रहहरूले आफ्नो निश्चित समयमा राशि र नक्षत्रहरू परिवर्तन गरिरहन्छन्। जसका कारण केही शुभ योग र केही अशुभ योगहरु बन्ने गर्दछ । मंगल ग्रह वृष राशिमा आफ्नो प्रतिगामी अवस्थामा प्रवेश गर्न लागेका छन्। योसँगै शुक्र ग्रह पनि वृश्चिक राशिमा प्रवेश गरेको छ । जसका कारण मंगल, शुक्र र बुधको समसप्तक योग बन्न लागेको छ । यो योग केही राशिका लागि शुभ र लाभदायक साबित हुन हुनेछ।

कन्या राशि 

समसप्तक राजयोग यस राशिको लागि लाभदायक साबित हुन सक्छ। किनकि यो योग यस राशिबाट तेस्रो र भाग्य घरमा बनिरहेको छ । जसलाई हिम्मत-बल र दाजुभाइको ठाउँ भनिन्छ। यस समयमा व्यापार व्यवसायमा राम्रो लाभ हुन सक्छ। यस समयमा आर्थिक स्थितिमा पनि सुधार हुनेछ । जीवन साथीको सहयोग मिल्नेछ । साथै जीवनसाथीको माध्यमबाट पनि लाभ हुन सक्छ ।

वृश्चिक राशि 

समसप्तक राजयोग यस राशिको लागि शुभ र फलदायी साबित हुन सक्छ। यस समयमा प्रेम सम्बन्धमा मधुरता देखिनेछ। यसका साथै यस समयमा प्रेम विवाह पनि हुनसक्छ । नयाँ व्यापार सुरु गर्न चाहनुहुन्छ भने, यो समय अनुकूल छ। आफ्नो काम र व्यवसायबाट सफलता र लोकप्रियता प्राप्त गर्न सक्नुहुन्छ। अदालत-न्यायिक मामिलामा सफलता मिल्न सक्छ।

मकर राशि 

मकर राशिका लागि समसप्तक राजयोग आर्थिक रूपमा शुभ साबित हुन सक्छ। यस समयमा नयाँ व्यापार अर्डरबाट राम्रो लाभ प्राप्त गर्न सक्नुहुनेछ। खानपान, चलचित्र उद्योग र सम्पत्ति तथा मार्केटिङसँग सम्बन्धित व्यवसाय भएमा राम्रो नाफा कमाउन सकिन्छ । पेसागत पक्षमा पनि यो समय निकै अनुकूल रहनेछ। यस अवधिमा प्रगति र पदोन्नति देख्न सकिन्छ।

अर्को समाचार:

आजबाट यी ४ राशिको भाग्य चम्किँदै, सूर्यदेवको रहनेछ विशेष कृपा !