अबको दुई साता मंगल-शुक्र ग्रहले विशेष संयोग बनाउँदै, यी ३ राशिको भाग्य खुल्दै !

वैदिक ज्योतिषमा राजयोगको ठूलो महत्व छ। ज्योतिषीय गणना अनुसार ग्रहहरुको सेनापति मंगल ग्रहले नोभेम्बर १३ को दिनबाट वृष राशिमा प्रवेश गरी राजयोगको सृजना गरेको छ। डिसेम्बर ५ सम्म केही राशिका लागि लाभदायी रहनेछ। त्यसपछि शुक्र धनु राशिमा प्रवेश गर्नेछ। अहिले मंगल ग्रह शुक्र राशिमा र शुक्र मंगलको राशिमा गोचर गरिरहेका छन्। मंगल ग्रहलाई आत्मा, साहस र बहादुरीको कारक मानिन्छ। शुक्र ग्रहलाई धन, ऐश्वर्य, सुख र वैभव आदिको कारक मानिन्छ। जान्नुहोस् कुन राशिमा लागि शुक्र र मंगलको राजयोगले फाइदा दिनेछ:-

वृष राशि 

मंगल ग्रह लग्न घरमा र शुक्र तपाईंको राशिको सातौं घरमा गोचर गर्दैछ। यस्तो अवस्थामा तपाईंको शक्ति बढ्नेछ। विलासितामा धन खर्च हुनेछ। अविवाहितको विवाह तय हुन सक्छ। कुनै नयाँ कामको थालनी गर्न सकिनेछ। साझेदारी व्यवसायको लागि समय राम्रो छ।

कर्कट राशि 

कर्कटको पाँचौं घरमा शुक्र र ११औँ घरमा मंगल गोचर हुँदैछ। यी घरहरूमा दुवै ग्रहले शुभ फल दिने गर्छ। यो समयमा भाग्यको पूर्ण साथ मिल्नेछ। महँगो उपहार पनि पाउन सकिन्छ। यो गोचर महिलाहरुका लागि लाभदायक साबित हुनेछ। पेशा र व्यवसायमा सफलता मिल्नेछ।

धनु राशि 

मंगल तपाईंको राशिको छैठौं घरमा प्रवेश गरेको छ भने शुक्र १२ औं घरमा प्रवेश गरेको छ। ज्योतिष शास्त्रमा मंगल र शुक्रलाई यी घरहरूमा धेरै फलदायी मानिन्छ। यस अवधिमा भौतिक सुख प्राप्त हुनेछ। वैदेशिक यात्रामा जान सकिनेछ। लामो समयदेखि रोकिएको काम पूरा हुनसक्छ। शत्रुहरूमाथि विजय प्राप्त हुनेछ।

अर्को समाचार:

२०२३ को पहिलो तीन महिना यी राशिका लागि भाग्यशाली साबित हुने, मिल्नेछ मंगल ग्रहको अपार कृपा !