हरेक मानिसको चाहना हुन्छ कि छोटो समयमा धनवान् बन्न सफल होस् । उसको स्वास्थ्य राम्रो होस्, घरमा कुनै कुराको कमी नहोस् र समाजमा उसको धेरै इज्जत होस्, तर यी सबै इच्छा सबैको पूरा हुँदैनन्। यदि चाहनुहुन्छ कि यी सबै चीजहरू प्राप्त होस् भने आज हामी तपाईलाई देवी लक्ष्मीलाई प्रसन्न गर्ने अद्भुत उपायको बारेमा बताउने छौँ। वास्तु शास्त्रका अनुसार माता लक्ष्मी हरेक दिन गरिने यी ५ विशेष कार्यले प्रसन्न भएर आफ्नो भक्त्तलाई आशीर्वाद दिने मान्यता रहेको छ।
हरेक दिन तुलसीको मोठमा शुद्ध गाईको घिउको दियो बाल्नुहोस्
हरेकको घरमा तुलसीको मोठ हुने गर्दछ । धार्मिक मान्यता अनुसार तुलसीको मोठमा माता लक्ष्मीको वास हुने विश्वास गरिन्छ । ज्योतिष शास्त्रमा हरेक दिन बिहान बेलुका घिउको दियो प्रज्वलन गरी तुलसीको बिरुवाको पूजा गर्नाले माता लक्ष्मी प्रसन्न भई घरपरिवारका सबै मनोकामना पूरा हुने मान्यता रहेको छ ।
भोजन गर्दा पूर्व दिसा फर्कनुहोस्
ज्योतिषशास्त्रका अनुसार खाना खाँदा आफ्नो अनुहार पूर्व दिशामा पार्ने प्रयास गर्नुहोस् । यो दिशा सूर्य देवतालाई समर्पित र शुभ मानिन्छ। खाना खाँदा खुट्टामा चप्पल नलगाउनु होला । अन्यथा माता अन्नपूर्णा रिसाउन सक्छिन् ।
उत्तर-पूर्व दिशामा गंगा जल छर्कनुहोस्
घरको उत्तर पूर्वी दिशामा सबैभन्दा शुभ मानिन्छ। यस्तो अवस्थामा नकारात्मक शक्तिहरू यो भाग कब्जा गर्न भित्र पस्ने प्रयास गरिरहन्छन्। ज्योतिषीहरूका अनुसार यस्ता अशुभ शक्तिहरूलाई घरबाट टाढा राख्नको लागि नियमित रूपमा उत्तर पूर्व दिशामा गंगाजल छर्कनुपर्दछ।
हरेक बिहान उठेर आफ्नो हत्केला हेर्नुहोस्
कम समयमा धनी बन्न चाहनुहुन्छ भने बिहान सबभन्दा पहिले आफ्नो हत्केला हेर्ने बानी बसाल्नुहोस्। यसका साथमा ‘कराग्रे वसते लक्ष्मी’ मन्त्रको जप गर्नुहोस्। यसो गर्नाले माता सरस्वती र माता लक्ष्मी दुवै प्रसन्न भई व्यक्तिमाथि आशीर्वाद वरदान दिने जनविश्वास छ ।