मीन राशिमा उल्टो चाल चल्दै बृहस्पति देव, यी राशिलाई हुनेछ शुभै-शुभ !

ज्योतिषमा कुल ९ ग्रह र १२ राशिको गणना गरिन्छ । ज्योतिषमा देवगुरु बृहस्पतिको विशेष स्थान छ। सबै ग्रहहरू मध्य बृहस्पतिलाई सबैभन्दा शुभ ग्रह मानिन्छ। ज्योतिष शास्त्रमा बृहस्पति ग्रहलाई इज्जत, विवाह, भाग्य, अध्यात्म, सन्तानको कारक मानिएको छ । यसका साथै यो ग्रहलाई पुत्र, पत्नी, धन, विद्या र वैभवको कारक ग्रह मानिन्छ।

ज्योतिष शास्त्रको गणनाका आधारमा जुलाई २९ तारिखमा शुक्रबार गुरु बृहस्पति मीन राशिमा उल्टो चाल चलेको छ परेको थियो भने अब २४ नोभेम्बसम्म मीन राशिमा हुनेछ । देवगुरुको उल्टो चालले धेरै राशिका व्यक्तिहरूको जीवनमा परिवर्तन आएको छ। अहिले बृहस्पति ग्रहलाई उल्टो चाल चल्न ११९ दिन लाग्यो अर्थात् २४ नोभेम्बर दिउँसो ४ः२९ बजे देवगुरु मार्गी हुनेछन् ।

वैदिक ज्योतिषका अनुसार बृहस्पतिलाई सबैभन्दा शुभ ग्रह मानिन्छ। बृहस्पति ग्रह आफ्नो राशिमा हुँदा यसले प्रभाव परेका राशिलाई शुभ फल प्रदान गर्दछ। बृहस्पति उल्टो चाल चलेपछि वृश्चिक, कर्कट, कन्या राशिका लागि शुभ फलदायी साबित हुनेछ । यस अवधिमा बृहस्पतिले करियरमा उन्नतिसँगै मूल आर्थिक रूपमा मजबुत बनाउने काम गर्नेछ।

अर्को समाचार:

कार्तिक १९ गते शनिबार शुभ-अशुभ कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !