तिहारको समय सबैले लक्ष्मी र गणेशलाई प्रसन्न पार्न पूजा गर्छन्। सबैको कामना हुन्छ तिहारको समयमा माता लक्ष्मी र भगवान् गणेशलाइ प्रसन्न पर्न सकिएमा जीवनमा सुख, समृद्धि हुनुको साथै जीवनमा कहिले पनि धनको अभाव हुँदैन । तिहारको समयमा यस्ता जनावर देख्नु भएमा अत्यन्तै शुभ मानिन्छ ।
तिहार हिन्दुहरुको लागी धेरै महत्त्वपूर्ण छ। यस दिन गणेश-लक्ष्मीको पूजाको विशेष महत्व छ। माता लक्ष्मीलाई स्वागत गर्न मानिसहरु धेरै पहिलेदेखि नै घर सफा गर्न थाल्छन् । ५ दिनको पर्व भएकाले यस पर्वलाई शास्त्रमा महापर्वको दर्जा दिइएको छ । कार्तिक १६ गतेबाट सुरु भएर २० गते सकिने छ । यसका लागी मानिसहरुले अहिले देखि नै घर सजाउने देखि किनमेल आदि काम थालेका छन् ।
दीपावलीको सम्बन्धमा शकुन शास्त्रमा केही मान्यताहरू छन् कि यी चीजहरू देखेमा धेरै शुभ मानिन्छ। यस पर्वमा यी वस्तुको दर्शन गर्नाले घरमा सुख, शान्ति र समृद्धि आउने र धनको समस्या नपर्ने जनविश्वास रहेको छ । भनिन्छ कि दीपावलीको दिन यी चीजहरूको दर्शन गर्नु घरमा माता लक्ष्मीको आगमनको सूचक हो र तपाईको वर्षभरि शुभ रहने आशा गरिन्छ।
– शकुन शास्त्र अनुसार गाईलाई माता मानिन्छ । दीपावलीको दिन कैली रङ्गको गाईको दर्शन गर्नु निकै शुभ मानिन्छ । यो गाईलाई देवत्वको प्रतीक मानिन्छ । दीपावलीको दिन यस्तो गाई देख्नु समृद्धिको प्रतीक मानिन्छ।
– दीपावलीको दिन लाटो कसेरो देखियो भने धेरै शुभ मानिन्छ किनभने लाटो कसेरो लक्ष्मीको वाहन हो। त्यसैले दीपावलीको रातमा यसलाई देख्दा शुभ संकेत प्राप्त हुन्छ । लाटो कसेरो देख्नुको अर्थ हो कि माता लक्ष्मीको आशीर्वाद तपाईले प्राप्त गर्नु हो ।
– त्यसै गरी लक्ष्मी पूजाको साँझ छेपारो देखियो भने लक्ष्मीको कृपा मिल्ने छ भनी बुझ्नुहोस् । लक्ष्मी पूजामा लक्ष्मी-गणेशको पूजा गरेपछि सधैँ छेपारो दर्शन गर्नु शुभ मानिन्छ ।
– कतै यात्रा गर्दा बिच बाटोमा बिरालो देख्नु शुभ नमानिए पनि लक्ष्मी पूजाको दिन घरमा बिरालो देख्नु लाभदायक मानिन्छ । यसलाई लक्ष्मीको आगमनको सूचक मानिन्छ ।