धनतेरसको दिन भुलेर पनि खरिद गर्नु हुँदै यस्ता सामान: माता लक्ष्मी हुन्छिन् क्रोधित, मिल्छ अशुभ फल !

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन धनतेरस पर्व मनाइन्छ। हिन्दुहरुको महान चाड तिहारको पहिको दिनलाई धनतेरस भनिन्छ। धनतेरसको दिन किनमेल गर्न सबैभन्दा शुभ दिन मानिन्छ।

धनतेरसको दिन सुनचाँदी, धनिया, झाडु र नयाँ वस्तु किन्ने महत्वको बारेमा बताइन्छ। यस दिन शुभ मुहूर्तमा किनमेल गरेर देवी लक्ष्मी, भगवान धन्वंतरी र धन कुबेरलाई प्रसन्न तुल्याउने गरिन्छ। धेरैले धनतेरसमा भाँडाकुँडा किन्ने गर्छन्। धनतेरसको दिन खरिद गरिएका भाँडाहरूलाई अमृत कलश मानिन्छ। त्यसैले यी भाँडाकुँडाहरू घरमा खाली ल्याउनु हुँदैन। धनतेरसमा खरिद गरिएका भाँडाहरूमा के-कस्ता शुभ चीजहरू ल्याउन सकिन्छ त ? जान्नुहोस्।

जल

धनतेरसको दिन भाँडा किन्दै हुनुहुन्छ भने त्यसमा पानी भरेर घर ल्याउन सक्नुहुन्छ। सनातन धर्ममा पानीको महत्वको बारेमा उल्लेख गरिएको छ। पानी ब्रह्माण्डका पाँच तत्वहरू मध्ये एक हो र यसलाई देवताको रूपमा स्वीकार गरिन्छ। यसबाहेक धनतेरसमा खरिद गरिएका भाँडाहरूमा मह वा दूध भरेर पनि ल्याउन सक्नुहुन्छ।

चामल

मन्दिरमा पूजा होस् वा कुनै धार्मिक अनुष्ठान, चामल बिना कुनै पनि शुभ कार्य हुन सक्दैन। सनातन धर्ममा यसलाई अक्षता भनिन्छ। देवताहरूलाई पनि अक्षता चढाइन्छ। यसलाई देवताहरूलाई चढाइने खीर र मिठाईमा पनि प्रयोग गरिन्छ।

सात प्रहारका अन्न

धनतेरसको भाँडामा सात प्रकारका अन्न ल्याउनुभयो भने झनै शुभ हुन्छ। यस भाँडामा जौ, सेतो तिल, धान, गहुँ, कालो चना, दाल पनि ल्याउन सकिन्छ।

धनतेरसमा कस्ता भाँडाकुँडा खरिद नगर्ने ?

धनतेरसको दिन स्टिल वा प्लाष्टिकका भाँडाहरू किन्नु हुँदैन। यसको सट्टा, तपाईंले पीतल वा कुनै शुद्ध धातुबाट बनेका भाँडाहरू किन्नु पर्छ। फलाम र कार्बनको मिश्रणबाट स्टिल बनाइन्छ, त्यसैले यो अशुद्ध धातु हो, जसलाई धनतेरसको दिन घरमा ल्याउनु हुँदैन।

अर्को समाचार:

गाइ तिहारमा सूर्यग्रहण : ४ राशिलाई अशुभ, यी हुन् ग्रहणका बेला गर्न हुने र नहुने काम