११ वर्षमा परिणिती चोपडाले दिईन् ९ फ्लप फिल्म, ‘कोड नेम- तिरंगा’ ले बचाउँला डुब्दै गरेको करियर ?

एजेन्सी : ग्लोबल स्टार प्रियंका चोपडाको सफलता कसैबाट लुकेको छैन। आफ्नी दिदीको सफल करियर परिणिती चोपडाले पनि इन्डस्ट्रीमा कदम राखिन्। सन् २०११ मा उनले फिल्म ‘लेडिज भर्सेज रिक्की बहल(Ladies vs Ricky Bahl)’ बाट सिल्भर स्क्रिनमा डेब्यु गरेकी थिईन्। त्यसपछि उनले इशकजादेको जोया कुरैशी र शुद्ध देसी रोमान्सको गायत्री बनेर मानिसहरूको मन जितिन्। परिणितीको सुरुवात दमदार थियो तर उनले आफ्नो उत्कृष्ट सुरुवातलाई निरन्तरता दिन भने सकिनन्।

११ वर्षअघि बलिउडमा डेब्यु गरेकी परिणीति अहिले पनि आफ्नो पहिचान स्थापित गर्न संघर्ष गरिरहेकी छिन्। उनकी कजन प्रियंका देशी गर्ल बाट ग्लोबल स्टार बनिसकिन् तर परिणीति अझै पनि आफ्नो फिल्मी यात्रा सुधार्न र ठूलो स्टार बन्न संघर्ष गरिरहेकी छिन्। परिणीति चोपडाले लामो समयदेखि हिट फिल्म पाएकी छैनन्। तर उनको भाग्यलाई चाहीँ मान्नै पर्छ, यत्तिका फिल्म फ्लप भएपनि उनले ठूल्ठूला निर्माताहरुसँग काम गर्ने अवसर जो पाएकी छिन्।अक्टोबर १४ तारिख शुक्रबारबाट परिणीतिको देशभक्तिमा आधारित फिल्म ‘कोड नेम–तिरंगा’ प्रदर्शनमा आएको छ। यद्यपि फिल्मले बजारमा तहल्का पिट्न सकिरहेको छैन्। त्यसैले यो फिल्मले बक्स अफिसमा पानी पनि भन्न नपाउने हो कि भनेर अनुमान गर्न थालिएको छ।

परिणितीले आफ्नो फिल्मी करियरको सुरुवातमा ३ हिट फिल्म दिएकी थिईन्, त्यसपछिबाट सुरु भएको फिल्म फ्लपको श्रृङ्खला अझैँसम्म रोकिएको छैन्। परिणीतिका फिल्म हँसी तो फसी, दावत ए इश्क, किल दिल, मेरी प्यारी बिन्दु, नमस्ते इङ्गल्याण्ड, जबरिया जोडी, साइना, सन्दीप और पिङ्की फरार, द गर्ल अन द ट्रेन सबै नराम्ररी फ्लप भएका छन्। परिणितीको पछिल्लो हिट फिल्म २०१९ मा आएको केसरी थियो। अक्षय कुमारकै कारण केसरी हिट भएको कुरा सबैलाई थाहा छ। परिणिती उक्त फिल्मको एक हिस्सा मात्र थिइन्।

परिणीतिको हाल प्रदर्शनमा रहेको फिल्म ‘कोड नेम- तिरंगा’ हिट भएमा उनको करियरले नयाँ उचाई लिनेछ। परिणीतिका लगातार ४ वटा फिल्म फ्लप भएका छन्। परिणीतिले फिल्म छनोटमा काम नगरेकी होइनन्। उनी फरक फरक भूमिकामा देखिएकी छिन्। उनले साइना नेहवालको बायोपिकमा काम गरिन्, ‘द गर्ल अन द ट्रेन’ मा दमदार भूमिका निभाईन्। परिणितीले आफ्नो चरित्रलाई न्याय दिन नसक्नु फरक कुरा हो। उनका आगामी फिल्महरूमा ऊँचाई, क्याप्सुल गिल समावेश छन्। फिल्ममा खासै सफलता नपाएपछि अभिनेत्री टिभीतिर पनि लागिन्, उनी रियालिटी शो हुनरबाजकी जज पनि भइन्। जहाँ उनी बारम्बार रोएको कारण आलोचित बनिन्।

परिणितीले न टिभीमा तहल्का मच्चाउन सकिन् न चलचित्रमा नै ठूलो सफलता हात पार्ने छाँटकाँट गरिन्। उनका आगामी प्रोजेक्टहरूले उनको फ्लप करियर बचाउन योगदान पुर्‍याउन सक्छन् कि सक्दैनन्… त्यो समयले बताउनेछ।

अर्को समाचार:

गर्भवती अभिनेत्री आलियाले सार्वजनिक गरिन् बे:बी सावरको तस्बिर, चौतर्फी चर्चा हुँदै !