साप्ताहिक राशिफल : यी ५ राशिलाई फलिफापको योग छ, खुल्नेछन् प्रगतिका ढोका

• ज्योतिषाचार्य दामोदरनाथ लोहनी

साताको राशिफल : असोज १५ गतेदेखि २१ गतेसम्म

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

शनिबार मनमा अनेकौँ तर्क र कुतर्क चलिरहला । यसले गर्दा खास ठोस काम गर्न सक्नु हुनेछैन । आइतबारदेखिका दिन राम्रा छन् । खर्च नघटे पनि अरू पेशाले फाइदा हुनाले खास समस्या पर्नेछैन । आन्तरिकभन्दा बाह्य व्यापारमा फाइदा छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

पूर्वाद्र्ध त्यति राम्रो देखित्र । अनेकौँ समस्या आएर धनको खति होला । मनमा सानो सानो कुराले पनि भय उब्जाउनेछ । पढाइ र लेखाइ दुवैतिर हाल राम्रो समय छ । सोमबारसम्म समस्या परे पनि मङ्गलबारदेखि प्रगतिको ढोका खुल्ला जस्तो छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

सुरुका दिन केही गतिलो काम हुनसक्छ। शनिबारदेखि दिन त्यति राम्रा छैनन्। मुखबाट बोली निकाल्दा अत्यन्त धैर्य गर्नुहोस्। केही गलत कुरासमेत मुखबाट निक्लन सक्छ। पढाइमा वर्तमान समय ठीक छैन। व्यापार, व्यवसायबाट सीमित लाभ हुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

यो सातालाई राम्रै रूपमा लिनुपर्छ । सोमबारसम्म दिन गतिला छन् र प्रशस्त लाभ हुने स्थिति छ । मङ्गलबारबाट प्रतिकूल परिस्थितिको सृजना होला । सूर्य र गणेशको आराधनाले त्यस्तो प्रतिकूलतालाई हटाउन सकिनेछ । व्यवसायको काममा सामान्य प्रगति होला।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

शनिबार खर्च बढे पनि आइतबारबाट त्यसलाई नियन्त्रण गर्न सकिनेछ । ठूला ठूला उद्देश्य भने पूरा होलान् जस्तो छैन । परिवारमा सानो सानो कुरामा मतभेद भइरहला, पारिवारिक स्वास्थ्यले पनि खर्च गराउनेछ । विवाहसम्बन्धी कुरा भाँडिन सक्छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

सोमबारसम्म दिन राम्रा छैनन् । स्वास्थ्य बिग्रने र स्वास्थ्यकै कारण बढी खर्च गर्नुपर्नेछ । मङ्गलबार बेलुकीबाट मात्र स्थितिमा नियन्त्रण आउला । व्यापार, व्यवसायमा हानि देखित्र । शिक्षाको क्षेत्रमा बिस्तारै प्रगति गर्नुहुनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

शनिबार केही महत्वपूर्ण काम बत्र सक्छन् तर मङ्गलबारदेखि भने त्यति राम्रा देखित्रन् । पेटमा गडबडी हुने र स्वास्थ्यसम्बन्धी समस्या आउनसक्छ । परिवार एवं मित्रको समस्याले त्यसलाई हल गर्न सकिनेछ । प्राविधिक क्षेत्रमा विशेष सफलता देखापर्छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

खर्च नघटे पनि राम्रो काममा खर्च हुनाले मनमा सन्तुष्टि नै होला । छोराछोरीको पढाइ र शिक्षाको क्षेत्रमा बढी लगानी हुनसक्छ । काम गर्ने उत्साह कत्ति पनि घटेको छैन । यही उत्साह र प्रयत्नले तपाईंलाई सफलता मिल्ला । शिक्षाको क्षेत्रमा आएको बाधा बिस्तारै हट्दै जानेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

सातालाई राम्रै रूपमा लिन सकिन्छ । सुरुकै दिनमा मन मिलेका साथीसँग भेट हुने र स्वादिष्ट भोजन हुने सम्भावना छ । आर्थिक स्थिति मध्यम छ । ठूलो लाभको सोचाइ नराख्नुहोस् । सम्मान र प्रतिष्ठामा वृद्धि हुन अ ́ै समय पर्खनुपर्नेछ । पढाइ र लेखाइमा बढी खर्च होला।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

यो सातामा भोजभतेर प्रशस्त पर्नेछन् । मनोरञ्जन पनि निकै गरिनेछ । पढाइमा बिस्तारै मन लागिरहनेछ भने केही नयाँ कुरा पनि सिकिएला । हातले समातेको व्यवसायले राम्रै लाभ गराउनेछ । जागिरबाट विशेष लाभको आशा नगर्नुहोस् र पीपलमा जल हालिरहनुहोस्।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

अलिअलि खर्च बढे पनि यो सातालाई सप्रिएको भत्रुपर्छ । असल काम गर्नतिर मन जाला भने गरेका काम सफल हुनेछन् । मित्रहरूबाट राम्रो सहयोग पाउनुहुनेछ । हातले समातेको व्यवसायले आर्थिक लाभ गराइरहला । जागिरतिर भने मध्यम स्थिति मात्र छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

साता नराम्रो छैन । मनमा डर लागे पनि खास बिग्रने छैन । आर्थिक स्थिति राम्रो रहला । व्यावसायिक लाभ पनि मध्यम खालको छ । धार्मिक पुस्तक किन्न रकम खर्च होला । परिवारबाट पाउने सहयोगमा कमी हुनेछैन । मित्र सहयोग मिलिरहला ।

अर्को समाचार:

असोज महिनाको राशिफल : यो महिना मालामाल हुनेछन् यी ४ राशि, चौतर्फी धन-लाभको योग छ