४२ वर्षपछि खुब प्रगति गर्छन् यस्ता व्यक्ति, सिरमा हुन्छ माता लक्ष्मीको हात

हातमा धनको रेखाहरु धेरै नै हुने गर्दछन् । यदि कुनै रेखा चन्द्रमाबाट भाग्यरेखा छोडेर शनि पर्वतमा पुग्छ भने यसले विवाहपछि धन कमाउने संकेत गर्छ। त्यस्तै जीवन रेखा वा आयु रेखाबाट कुनै रेखा शनि पर्वतमा पुगेमा त्यस्ता व्यक्तिको ४२औँ वर्षमा उन्नति हुन्छ । यस्ता मानिसहरुको धनको दुईवटा स्रोत हुन्छन् । यदि जीवन रेखाबाट रेखा निस्किएर सूर्य पर्वतमा पुग्छ भने त्यो निकै शुभ अवस्था हो ।

चन्द्रमा पर्वतबाट सफा रहेको भाग्य  रेखाले ससुरालीको पक्षबाट धनलाभ हुने संकेत गर्छ भने जीवन रेखाबाट शनि पर्वतमा जाने रेखाले आफ्नो मेहनतमा सफलता मिल्ने संकेत गर्छ । यदि व्यक्तिको जीवन र मस्तिष्क रेखा कतै काटिएको छैन र स्वतन्त्र छ भने त्यस्ता व्यक्तिहरू निर्णय लिन पूर्ण रूपमा स्वतन्त्र छन्। यदि हातका औँला धेरै छोटो छ भने, यसले असंघर्षको संकेत गर्दछ। भाग्य रेखा जति स्पष्ट हुन्छ, मानिसको जीवनमा धनको आगमन त्यति नै राम्रो हुन्छ ।

अर्को समाचार:

घरमा नकारात्मक प्रभाव परेको छ? यस्ता छन् थाहा पाउने ६ उपायहरु!