जन्मजात नै धेरै रिसालु हुन्छन् यी ४ राशिका जातक, सधैँ रहनुस् सावधान

काठमाडौँ : हरेक मानिसको व्यवहार फरक-फरक हुने गर्छ। ज्योतिष शास्त्र अनुसार हरेक राशिको व्यवहार फरक हुनेगर्दछ । केही व्यक्ति हरेक कुरामा छिट्टै प्रतिक्रिया दिने गर्छन् भने केही चाहीँ हत्तपत्त प्रतिक्रिया जनाउँदैनन्।

बुझ्दै नबुझी प्रतिक्रिया दिने बानी धेरै गलत परिणामको बाटो बन्न सक्छ। यस्तै ज्योतिष शास्त्र अनुसार केही राशिहरु रिसाउने मामिलामा धेरै अगाडी हुने गर्छन्। आज हामी यस लेखमा सबैभन्दा धेरै रिसाउने राशिहरुको बारेमा बताउने छौँ।

मेष राशि

खासै नरिसाउने यस राशिक मानिसहरु रिसाएको समयमा भने धेरैनै क्रोधित हुने गर्छन्। क्रोधित भएको समयमा मेष राशिहरुलाई नियन्त्रणमा राख्न धेरैनै गार्हो हुने गर्छ। आफ्नो अपमान भएको अवस्थामा मेष राशि भएका व्यक्तिहरु हिंसक पनि हुने गर्छन्।

सिंह राशि

यस राशि भएका व्यक्ति प्राकृतिक रुपमा नै क्रोधको पर्याय मानिने गर्छन्। धेरै रिसाउने हुँदा यस राशि हुने व्यक्तिहरु आफुलाई रिस उठेको समयमा एक्लै बस्न खोज्ने गर्छन्। छिट्टै रिसाउने बानी भएका कारण सिंह राशि हुनेहरुलाई मजाक गरेको पनि मन नपर्ने गर्छ।

धनु राशि

वास्तविक रुपमा नै क्रोधित भएको अवस्थामा यस राशि भएका मानिसहरु धेरै असामान्य देखिने गर्छन्। आफ्नो अपमान भएको अवस्थामा धेरै नै रिसाउने गर्छन्। छिट्टै नरिसाउने भएता पनि रिसाएको खण्डमा भने धनु राशि हुनेहरुलाई नियन्त्रण गर्न भने धेरै गार्हो हुने गर्छ।

बृश्चिक राशि

धेरै क्रोधित देखिने यस राशिका मानिसहरु प्राय सानो-सानो कुरामा पनि रिसाउने गर्छन्। रिसको सिमा पार भएको अवस्थामा धेरै हानि पुर्याउन पनि पछि नपर्ने यस राशिका व्यक्तिहरुसँग व्यवहार गर्दा धेरै संयमित हुनु पर्ने हुन्छ।

अर्को समाचार:

अत्यन्तै शुभ हुन्छन् हातमा बनेका यी रेखा, के तपाईको हातमा छ र?