संसार जित्ने सामर्थ्य हुन्छ यी राशिका मानिसमा, हुन्छन् अधिक सफल

काठमाडौँ : ज्योतिषशास्त्रमा १२ राशि, ९ ग्रहको चाल र २७ नक्षत्रको स्थितिलाई ध्यानमा राखेर भविष्यवाणी गरिन्छ। सबै राशिको भिन्न-भिन्न स्वभाव हुन्छ। राशिसँग जुन ग्रह सम्बन्धित हुन्छ उक्त राशिमा त्यहीँ ग्रहको प्रभाव रहन्छ। त्यसैले, मानिसको स्वभाव पनि राशि अनुसार नै हुन्छ। केही राशिका मानिसहरूलाई धेरै चलाख मानिन्छ।

तिनीहरू आफ्नो चलाखी र बौद्धिक सीपले सजिलैसँग आफ्नो काम पूरा गर्न सक्छन्। यस्ता मानिसले आफ्नो बुद्धि-विवेकको बलमा थुप्रै सफलता प्राप्त गर्न सफल हुन्छन्। ज्योतिषशास्त्रमा बुध ग्रहलाई तर्क र बुद्धिमत्ताको कारक मानिन्छ। यस्तोमा जन्मकुण्डलीमा बुध ग्रह मजबूत हुने मानिस बौद्धिक हुने गर्छन्। जान्नुहोस् कुन-कुन राशिका मानिस निकै चलाख र बुद्धिमानी हुन्छन्…..

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

मेष राशिको स्वामी ग्रह मंगल ग्रह हो। यस राशिका मानिस रिसालु हुनुका साथै तीखो दिमाग पनि भएका हुन्छन्। मेष राशि भएका व्यक्ति आफ्नो नियम र कानूनको पालना गर्छन्। यी मानिस पूरा संसार चलाउन चाहन्छन्। यी व्यक्तिहरु आफ्नो बुद्धि-विवेकले अरूलाई प्रभाव पार्न सफल हुन्छन्। यी मानिसमा आत्मविश्वास र संयम सबैभन्दा बढी हुन्छ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

सिंह राशिका मानिसहरू धारिलो र तेज दिमागका हुन्छन्। यी मानिसको बोल्ने शैली निकै आकर्षक हुन्छ, आफ्नो बोलीले यी मानिस जो-कोहिलाई पनि प्रभावित पार्न सक्छन्। सिंह राशिका मानिसमा आत्मविश्वास पनि त्यति कै हुन्छ। यस राशिका व्यक्तिले अरूलाई आफ्नो चलाखी र बौद्धिक क्षमताले प्रभाव पार्न सफल हुन्छन्।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

कन्या राशिका मानिस पनि निकै बुद्धिमानी हुन्छन्। कन्या राशिका मानिसमा बुध ग्रहको प्रभाव हुन्छ। उनीहरुसँग अद्भुत तार्किक शक्ति हुन्छ। तिनीहरू आफ्नो बोली र बौद्धिक कौशलको साथ आफ्नो काम निकै सजिलैसँग पूरा गर्न सफल हुन्छन्। कन्या राशि भएका मानिस कठिन भन्दा कठिन स्थितिमा पनि समझदार भएर अगाडी बढ्छन्।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

वृश्चिक राशीका मानिसहरू निडर स्वभावका हुन्छन्। यस राशिका मानिसमा नेतृत्व गर्न सक्ने अद्भुत क्षमता हुन्छ। तेज दिमाग तथा समझदारीका साथ काम गर्ने यी मानिस हरेक पाइलामा सफल हुने गर्छन्। तीखो दिमाग हुनुका साथ यी मानिसहरुमा सहास पनि हुन्छ। यहीँ कारणले गर्दा पनि वृश्चिक राशिका मानिस जीवनमा निकै सफल हुन्छन्।

अर्को समाचार:

सपनामा यस्ता ५ चिज देखिएमा मानिन्छ अत्यन्तै शुभ, हुनेछ भाग्यको उदय!